मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ पौष १५ बुधबार १६:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालविवाहपीडित बालिकामाथि सामूहिक बलात्कारको आरोपमा दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७७ पौष १५ बुधबार १६:१८:००

सल्यानको शारदा नगरपालिकाकी १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

आमाबुबाको संरक्षणमा नरहेकी ती बालिकालाई शारदा नगरपालिका– ४ का २२ वर्षीय सुरेस बस्नेत र २२ वर्षीय मनोज गिरीले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए ।

पीडित बालिकाको आमा नभएको र सुस्त मनस्थितिका बुबा पनि रोजगारीका सिलसिलामा अन्य जिल्लामा गइरहने हुँदा बालिका आफन्तहरूको घरमा बस्ने गरेकी प्रहरीले जनाएको छ । 

बुबाआमाको संरक्षण नपाएपछि बालिका कहिले काकी, कहिले मामा र कहिले आफूसँग बस्दै आएको बालिकाकी माइलीआमाले जानकारी दिइन् ।

आफन्तहरूकोमा बस्ने क्रममा आफूसँग बस्दै आएकी बालिकालाई आफू घरमा नभएको समयमा यही ८ गते बेलुका बालिका बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले प्रहरीमा दिएको उजुरीको आधारमा आरोपित दुवैजनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

केही समयअघि मात्रै ती बालिकालाई ललाइफकाई बालविवाह गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । 

आर्थिक अवस्था कमजोर भएको फाइदा उठाउँदै बागचौर नगरपालिका– १ कोटबेतनिवासी २७ वर्षीय महेश बस्नेतले घरमा श्रीमती हुँदाहुँदै बहुविवाह गरेको थाहा पाएपछि आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए ।