मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्वीर : ज्ञानेन्द्र कार्की
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १४ मंगलबार १३:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड–नेपाल समूहद्वारा आयोजित विरोध सभा सुरु, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १४ मंगलबार १३:४७:००

संसद् विघटनको कदम असंवैधानिक भएको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको काठमाडौंको विरोध सभा सुरु भएको छ । 

यस सभालाई नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । 

दाहाल, नेपाल र नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको जुलुस अहिले भृकुटीमण्डपमा आइपुगेर विरोध सभा सुरु भएको छ । 

प्रचण्ड–नेपाल समूहले आज असंवैधानिक संसद् विघटनको विरोधमा देशभर विरोध सभा आयोजना गरेको छ । त्यसमध्ये काठमाडौंको विराध सभालाई मुख्य सभाका रूपमा जोड दिइएको छ ।