मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी रियाद
२०७७ पौष १३ सोमबार १४:०४:००
Read Time : < 1 मिनेट
विश्व

साउदी अरेबियाद्वारा यात्रुबाहक हवाई उडान स्थगित

Read Time : < 1 मिनेट
रासस/एएफपी रियाद
२०७७ पौष १३ सोमबार १४:०४:००

साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोना भाइरस नयाँ स्वरूपमा देखापरेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो । 

साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् । साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाइ छ । 

साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुबाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा कोरोना भाइरसको नयाँ संस्करण देखिएको भन्दै यी मुलुकले जमिन र समुद्री मार्ग पनि बन्द गरेका छन् ।

ओमान र कुवेतले आगामी २९ डिसेम्बर र १ जनवरीमा प्रतिबन्धहरू फुकुवा गर्ने बताएका छन् । यसै महिना साउदी अरेबियाले फाइजर–बायोन्टेकले विकास गरेको खोप लगाउने अभियान थालनी गरेको थियो । 

साउदी अरेबियामा हालसम्म तीन लाख ६२ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् । यहाँ ६ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।