मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष ३ शुक्रबार
  • Monday, 14 July, 2025
फाइल तस्बिर
२o७७ पौष ३ शुक्रबार १२:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको प्रदेशस्तरीय भेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष ३ शुक्रबार १२:१५:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेशस्तरीय भेला बोलाएका छन् । 

पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा १२ बजे बोलाइएको भेलामा उनीहरूनिकट प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरू सहभागी छन् ।

भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले आफूनिकट कार्यकर्तासँग भेटघाट र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कार्यक्रम छ । 

यसअघि प्रचण्ड र नेपाल समूहले बागमती प्रदेश र विद्यार्थीहरूको भेला गरेका थिए । यी समूहले स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको पनि विभिन्न स्थानमा भेला गर्दै आएका छन् ।