१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
जोएल गुन्टर/बिबिसी
२o८१ बैशाख २२ शनिबार २o:४३:oo
Read Time : > 3 मिनेट
ad
ad
फिचर

केन्या : जहाँ दश हजारमै बालबालिका बेचिन्छन्

Read Time : > 3 मिनेट
जोएल गुन्टर/बिबिसी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:४३:oo

पछिल्लो समय दक्षिण अफ्रिकामा सुरक्षा–व्यवस्था कडा पारिएको छ । एक महिनाअघि अफ्रिकाका केही राष्ट्रमा नाबालक बालबालिकाको किनबेच भइरहेको समाचार अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेपछि प्रहरी प्रशासन चनाखो बन्न थालेको हो । 

मिडिया रिपोर्टकै आधारमा प्रहरीले त्यस्ता काममा संलग्न केही समूहलाई पक्रिएको पनि छ । प्रहरी अनुसन्धानका क्रममा बालबालिकाकै आमाहरूले समेत राजीखुसीमै दूधेबालबालिका ७० पाउन्ड (नेपाली १० हजार रुपैयाँ)मै बेच्ने गरेको फेला परेको छ । यति कम पैसामै आफ्नो मुटुको टुक्रा बिक्री गर्न ती आमाहरू कसरी र किन बाध्य भए भन्ने प्रश्नको उत्तर हामीले गरेका छौँ ।

अफ्रिकी मुलुक केन्याकी अडामा यस्तै पात्रमध्ये एक हुन्, जसले आफ्नो बच्चा ७० पाउन्डमै बिक्री गरेकी थिइन् । उनका आमाबुबा जीवितै हुँदा घरपरिवार राम्रैसँग चलिरहेको थियो । यद्यपि परिवारमा आर्थिक समस्या भने थियो नै । स्कुल जान र दिनको दुई छाक खान पाइरहेकी थिइन् । उनी १२ वर्षको हुँदा बुबाको निधन भयो र त्यसको केही वर्षपछि आमाले पनि संसार छाडिन् । ‘जे पनि आमाबुबा हुँदा मात्रै राम्रो हुँदो रहेछ, उनीहरू नहुँदा एक्लैले परिवार चलाउन धेरै समस्या भयो,’ अडामाले भनिन् । केन्याको पश्चिम क्षेत्रमा बसोवास गर्दैै आएकी उनले भनिन्, ‘आमाबुबाको निधनपछि स्कुल जान पाइनँ ।’

उनी २२ वर्षको हुँदा एउटा केटासँग भेट भयो । अडामाले त्यही केटासँग विवाह गरिन् । दुई वर्षपछि अडामाले एक छोरी जन्माइन् । छोरी तीन वर्षको हुँदा श्रीमानको पनि निधन भयो । उनी एक्लैले छोरीलाई १८ महिनासम्म दुःखसुख पालिन् । घरमा अन्न र पैसा सकिन थाल्यो । घर नछोडे अब परिवार पाल्न सक्ने अवस्था भएन । १८ महिनाकी छोरीलाई नजिकको हजुरआमाको जिम्मा लगाइन् र उनी काम खोज्न लागिन् । 

कामको खोजीमा उनी नैरोवी पुगिन् । नैरोवी सहरमा जे पनि हुन सक्ने हजुरआमाले चेतावनी त दिएकी थिइन् । तर, उनलाई काम गर्नु र पैसा कमाउनु थियो । नैरोवीको सडकमा अडामाले सुरुमा वाटरमेलन बेच्ने काम गरिन् । व्यापारबाट खासै आम्दानी भएन । कमाएको पैसा पनि सँगै बस्ने छिमेकीले चोर्थे । ती छिमेकीसँग कैयौँपटक अडामाको झगडा पथ्र्यो । झगडा हुँदा चोटपटक लाग्नु नौलो भएन । निधारमा लागेको चोट देखाउँदै उनी भन्छिन्, ‘यो घाउ आत्मसम्मान रक्षा गर्ने क्रममा भएको थियो ।’ 

त्यसपछि उनी नैरोवीमै एक कन्स्ट्रक्सन साइटमा काम गर्न थालिन् । त्यो पनि धेरै समय टिकेन । बिहानदेखि बेलुकासम्म काम गर्दा पनि पैसा निकै कम भएपछि अब कम समयमा धेरै आम्दानी हुने पेसातिर आकर्षित भइन् । उनी थोरै समयमा धेरै कमाउन नाइट क्लबमा पुगिन् । नाइट क्लबमा काम गरेको सबै पैसा उनले गाउँमा हजुरआमालाई पठाउने सहमति क्लबका मालिकसँग गरिन् । क्लबमा काम गरेको केही दिनपछि नै उनले एउटा सानो कोठा लिइन् । कोठा लिएको १० दिनपछि अडामाको एउटा केटासँग भेट भयो । उसैसँग डेटिङ सुरु भयो र अन्ततः त्यो केटाले अडामाबाट एउटा बच्चा चाहेको बतायो । 

उनले ठूली छोरीको जिम्मेवारी पनि लिने सर्तमा त्यो केटाको चाहना पूरा गर्ने बताइन् । उनी गर्भवती भएको पाँच महिनासम्म त्यो केटाले कोठाभाडा र गाउँमा समेत पैसा पठायो । अडामा पनि अब ठूली छोरी सहर ल्याउने तर्खरमा थिइन् । तर, अचानक ती व्यक्ति हराए । उनले धेरै स्थानमा खोजिन् । गर्भवती बनाउने केटो नैरोवीमै नभएको उनले थाहा पाइन् । अब उनलाई चिन्ता भयो– दुई सन्तान कसरी पाल्ने ? 

यस्तो परिस्थितिमा सन्तान नै बेच्न सकिने उनले सुनेकी रहिछिन् । धेरै रकम आउने हुँदा आर्थिक अवस्था कमजोर भएका परिवारले बच्चा जन्माएर बेच्ने गरेको उनलाई थाहा थियो । सुरुमा उनलाई आफ्नो बच्चा बेच्न मन लागेको थिएन । तर, एक सन्तान पनि पाल्न नसक्ने अवस्थामा अपरिचित व्यक्तिका सन्तान कसरी पाल्ने ? यसकारण उनले दोस्रो बच्चा बेच्ने निधो गरिन् र केवल ७० पाउन्डमै दोस्रो बच्चा मानव तस्करीको हातमा बेचिन् । 

तीन हजार केन्याली रकममा बिक्री
अडामालाई जस्तै सारा पनि बाध्यता आइपरेकाले बच्चा बेचेको स्वीकार गर्छिन् । सारा दोस्रोपटक गर्भवती हुँदा १७ वर्षकी मात्र थिइन् । बच्चालाई खुवाउने रकमसमेत नहुँदा उनले केन्याली तीन हजारमा तस्करीलाई बच्चा बेचेकी थिइन् । तर, साराको हातमा दुई हजार केन्याली रकम मात्र प¥यो । सारा भन्छिन्, ‘त्यसवेला मसँग जोस थियो, मेरो निर्णय गलत नभएकोजस्तो लाग्यो, पाँच वर्षपछि मात्र ठूलो गल्ती गरेको महसुस भयो ।’ 

खेल्ने उमेर तथा स्कुलेजीवनमै आमा बन्दा धेरैले सन्तान बेच्न बाध्य भएको साराले बताइन् । ‘स्कुल जाने समयमा गर्भवती हुँदा धेरै समस्या आउँछ, त्यसवेला सहायता दिने कोही हुँदैन, सन्तान बेच्नुपर्ने बाध्यता नै हुन्छ,’ उनले भनिन् ।

कम उमेरमा आमा बन्नेमा केन्या शीर्ष स्थानमा
१६ वर्षभन्दा कम उमेरमा गर्भवती हुनेको संख्यामा केन्या विश्वमै शीर्ष स्थानमा छ । केन्याको स्वास्थ्य विभागको तथ्यांकअनुसार कोरोना भाइरस महामारीको वेलामा यो संख्या झनै बढेको छ । यहाँ खाना र पैसा कमाउन धेरै महिलाले ‘यौन पेसा’ अपनाएका छन् । स्कुलहरू बन्द भएपछि कतिपय महिला यसै पेसामा लागेका छन् ।
मानव अधिकारवादी एवं वकिल मुतिसोले भन्छन्, ‘कामको खोजीमा महिला सहरमा जान्छन्, त्यहाँ पुरुषसँग सम्पर्कमा आउँछन् र गर्भवती भएपछि त्यो बच्चाको बुबा भाग्छ ।’ आर्थिक रूपले निकै कमजोर महिलामा बच्चा बेच्नुबाहेक अरू विकल्प नै नभएको उनको भनाइ छ । ‘कतिपयले त पहिलो बच्चाको पेट पाल्न लागि दोस्रो बच्चा सस्तोमा बेच्ने गरेका पनि छन्,’ उनले भने, ‘यही नै यहाँको समस्या हो ।’ 

कोड नयाँ प्याकेज
केन्यामा बालबालिका किन्ने समूहको सञ्जाल ठूलो छ । यो सञ्जालमा संलग्न सदस्यहरू आर्थिक रूपले कमजोर भएका महिलालाई पछ्याउँछन् र त्यस्ता आमाहरूलाई विभिन्न किसिमको लोभ देखाएर फकाउँछन् । जस्तो अडामाले दोस्रो सन्तान जन्माएलगत्तै एउटा म्यासेज गएको थियो । ‘नयाँ प्याकेजको जन्म भएको छ, यसको मूल्य तीन सय पाउन्ड ।’ अडामालाई लोभ्याउन तीन सय पाउन्ड राखिएको थियो । बच्चा किन्ने र बेच्ने समूहले सुरुमा एउटा मूल्य राख्छ । अन्तिममा सबैतिर भाग लगाउँदा आमाले थोरै रकम पाउँछिन् । सुरुमा उनलाई तीन सय दिने भनिएको थियो । तर, अन्तिममा उनको भागमा केवल ७० पाउन्ड मात्र हातमा प¥यो । 
 

ad
ad