मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
संजित परियार काठमाडाैं
२०७७ पौष १ बुधबार १५:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पसिनाको मूल्य माग्दा हामी कसरी बिचौलिया भयाैँ ? [फोटोफिचर] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७७ पौष १ बुधबार १५:५५:००

देशभरका उखु किसानले चिनी उद्योगहरूबाट लिनुपर्ने करोडौँ रकम उठाउन सुरु गरेको आन्दोलनको आज चौंथो दिन पुगेको छ। आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । 

आन्दोलनका दिन बढ्दै जाँदा किसानको संख्या पनि थपिएको छ । सडकमा विभिन्न ब्यानर बोकेर किसान आन्दोलित छन् । 

एक वर्षअघि किसानको रकम उठाउन सक्रिय भूमिका खेलेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘बिचौलिया’ भनेकोमा उनीहरुले चित्त दुखाएका छन् ।

उखु किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् । किसानको बक्यौता रकम ९० करोड पुगिसकेको छ । तर, उद्योगीहरूले बक्यौता तिर्नुको सट्टा उद्योग बन्द गरेर दुःख दिन थालेकाले आन्दोलन गर्नुपरेको उनीहरूले बताए ।