मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ३० मंगलबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ३० मंगलबार १९:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कमल थापाको दाबी- अध्यादेश प्रकरणले व्यवस्था असफल भएको प्रमाणित गर्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ३० मंगलबार १९:३३:oo

राप्रपा अध्यक्ष कमल थापाले अध्यादेश प्रकरणले विद्यमान व्यवस्था असफल भएको प्रमाणित गरेको दाबी गरेका छन्। सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि थापाले यस्तो दाबी गरेका हुन् । 

उनले निहित स्वार्थवश संवैधानिक परिषद् बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत भएकोसमेत बताएका छन् ।

भागबन्डाका आधारमा संवैधानिक अंगका पदाधिकारी नियुक्त गर्ने काम दुर्भाग्यपूर्ण भएको बताउँदै उनले विवादास्पद रूपमा संवैधानिक परिषद् अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण भएको बताएका छन् ।

उनले ट्विट गर्दै भनेका छन् , ‘निहित स्वार्थवश संवैधानिक परिषद् बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत, भागबन्डाको आधारमा संवैधानिक अंगका पदाधिकारी नियुक्त गर्ने काम दुर्भाग्यपूर्ण, विवादास्पद रूपमा संवैधानिक परिषद् अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण, उपरोक्त कार्यबाट व्यवस्था असफल भएको प्रमाणित ।’