१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार ०७:०४:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

भैरवी भूगोलको कविता  ‘नेपालको गीत’ प्रथम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार ०७:०४:००

राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएकी छिन् । ‘नेपालको गीत’ कविताबाट भूगोलले प्रथम स्थान हासिल गरेकी हुन् । ‘संकल्प’ कविताबाट लमजुङका कवि प्रज्ज्वल अधिकारीले दोस्रो स्थान हासिल गरे ।

प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सवमा ‘आमाको आदेश’ कविताबाट गणेशप्रसाद खतिवडा, ‘आमा ः एक विश्वविद्यालय’ शीर्षकको कविताबाट देवकी अभिलाषी’, ‘समृद्ध नेपालको सपना’ शीर्षकको कविताबाट रेजिना आपगाईले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे । 

प्रत्येक वर्ष असारमा आयोजना हुने महोत्सव यस वर्ष भने कोभिड महामारीका कारण मंसिरमा आयोजना भएको हो । देशभरबाट प्राप्त पाँच सयभन्दा बढी कवितामध्येबाट तीस कविता अन्तिम चरणका लागि छनोट भएका थिए । 

पुरस्कृत कविहरूलाई राष्ट्रपतिको समय मिलाएर एक विशेष समारोहका बीच पुरस्कार वितरण गरिने प्राज्ञ सभा सदस्य तथा प्रतिष्ठानका संयोजक कवि शशी लुमुम्बुले जानकारी दिए । प्रतिष्ठानले यस वर्ष पुरस्कार रकम बढाएर पचास हजार पुर्‍याएको थियो । पुरस्कृत कविहरूले क्रमशः पचास हजार, चालीस हजार, तीस हजारको साथमा पदक र प्रमाणपत्र पाउनेछन् ।