१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
एजेन्सी
२०७७ मङ्सिर २७ शनिबार १३:१४:००
Read Time : < 1 मिनेट
सप्तरंग

आगामी वर्ष रणवीर सिंहका सातवटा फिल्म आउँदै

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर २७ शनिबार १३:१४:००

बलिउड अभिनेता रणवीर सिंहद्वारा अभिनीत सातवटा सिनेमा सन् २०२१ भित्रै रिलिज हुने चर्चा छ । कोरोना महामारीका कारण सन् २०२० मा रिलित हुन नसकेका उनका सबै ठूला सिनेमा आगामी वर्षभित्रै सार्वजनिक हुन लागेका हुन् । 

कविर खानद्वारा निर्देशिन तथा रणवीरले अभिनय गरेको र सिनेमा ‘८३’ सन् २०२० मै रिलिज हुने चर्चा थियो । यस्तै, रोहित शेट्टीद्वारा निर्देशित ‘सर्कस’को पनि तयारी भइरहेको छ । यो सिनेमा सञ्जीवकुमारको कमेडी सिनेमा ‘अंगुर’को रिमेक हो । यस सिनेमामा पूजा हेगडे, ज्यायक्लिन फर्नाडिज र वरुण शर्माको पनि मुख्य भूमिका छ ।  

यस्तै, यशराज फिल्म्सद्वारा निर्माण भइरहेको ‘जयेशभाइ जोरदार’ मा पनि रणवीरको मुख्य भूमिका छ । यो सिनेमा पनि यसै वर्ष सार्वजनिक हुनेछ । अर्का फिल्म निर्माता करण जोहरद्वारा निर्माण भइरहेको सिनेमामा पनि रणवीर र आलिया देखिने भएका छन् । यो सिनेमा ‘सर्कस’को सुटिङ सकिएलगत्तै सुरु हुने जनाइएको छ । यसका लागि २५ दिनको वर्कसप हुनेछ र अप्रिलबाट सिनेमाको सुटिङ सुरु हुँदै छ । 

यसैबीच, रणवीरले फिल्म निर्देशक जोया अख्तर र अली अब्बास जफरसँग पनि सिनेमाका बारेमा कुराकानी भइरहेको बताएका छन् । यसका अलवा सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’ र ‘मिस्टर इन्डिया’ को रिमेकमा पनि रणवीर नै रहने चर्चा छ ।  

धुम–४ मा पनि रणवीर कै चर्चा
सिक्वेल सिनेमा धुम–४ मा पनि रणवीर सिंहकै मुख्य भूमिका रहेन चर्चा छ । यशराजद्वारा निर्माण भएको यो सिनेमा सन् २०२२ मा रिलिज हुने जनाइएको छ । यस सिनेमामा रणवीरले पुरानै नेगेटिभ रोल निभाउनेछन् जुन पहिला जोन अब्राहम, ऋतिक रोशन, अमिर खानले निभाएका थिए ।