१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बहिरा आधारभूत विद्यालयको छात्रावास निर्माण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:o२:oo

बहिरा आधारभूत विद्यालय सिराहाको छात्रावास भवन निर्माणको शिलान्यास गरिएको छ । दुईतले छात्रावास भवनको प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले बुधबार शिलान्यास गरेका छन् । 

प्रदेश सरकारले बहिरा विद्यालयको छात्रावास भवन निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेकाे थियाे । 

भौतिक पूर्वाधार विकास कार्यालय सिराहाले छात्रावास भवन निर्माण गर्न टेन्डर प्रकाशित गरेपछि ३८ प्रतिशत बिलोमा ५९ लाख ८६ हजार ७९१ रुपैयाँमा भवन निर्माणको सम्झौता भएको हो । 

आगामी जेठ ३० सक्ने गरी दुईतले चारकोठाको भवन निर्माणको ठेक्का रुपकाली कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको छ । भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ९६ लाख ५७ हजार ३७८ रुपैयाँको लागत स्टिमेट गरेको थियो ।  

यता भवन शिलान्यास गर्दै आर्थिक मामिलामन्त्री यादवले समयमा काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । बहिरा बालबालिकालाई आवासीय सुविधासँगै आधुनिक प्रविधिमूलक सामग्री प्रदान गर्न प्रदेश सरकारले तयारी गरिरहेको मन्त्री यादवले बताएका छन् ।

८६ जना बहिरा विद्यार्थी अध्ययनरत

बहिरा संघ सिराहाले सञ्चालन गरिरहेको बहिरा आधारभूत विद्यालयमा अहिले ८६ जना बालबालिका अध्ययनरत छन् । आवासीय सुविधासहित कक्षा एकदेखि नाैसम्मको पठनपाठन हुँदै आएको बहिरा संघका अध्यक्ष गंगाराम यादवले बताए । 

जिल्लामै बहिरा बालबालिका पठ्ने एक मात्र विद्यालय रहेकोले भौतिक र बहिरा बालबालिकालाई चाहिने आधुनिक प्रविधिमूलक सामग्रीहरूको आवश्यकता रहेको बताए ।
 

ad
ad