१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५७:oo

अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविनै सुरु भएको नेकपाको सचिवालय बैठक केहीबेर बसेर स्थगित भएकाे छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बैठक केहीबेर बसेर स्थगित भएको जानकारी दिए।

उनले पार्टीमा देखिएका विवाद समाधानका लागि ओलीसहित छलफल गर्न उपयुक्त हुने ठानेर बैठक स्थगित गरिएको बताए।

प्रवक्ता श्रेष्ठले भने, ‘आज बसेको बैठकमा कमरेड अध्यक्ष ओली उपस्थित हुनुभएन । पार्टीमा देखिएको विवाद, संकट समाधानका लागि उहाँसहित छलफल गर्न उपयुक्त हुन्छ भन्ने निष्कर्षका साथ आजको बैठक स्थगित गरिएको हो।’

उनले अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने जनाकारी दिए। साथै उनले मंसिर १८ गते बस्ने भनिएकाे स्थायी कमिटीकाे बैठक २१ गतेलाई सारिएकाे बताए । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालयकाे बैठक सुरु भएकाे जानकारी दिए । दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण २ बजेका लागि सरेको थियो।

बैठकका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सचिवालयका सात सदस्य २ बजे नै बालुवाटार पुगेका थिए। 

दिउँसो २:३० बजेसम्म पनि प्रधानमन्त्री ओली बैठकमा उपस्थित नभएपछि बैठक केहीबेर अघि सुरु भएको हो। आजको बैठकमा सदस्यहरूले अध्यक्षद्वयले प्रस्तुत गरेका दुवै राजनीतिक प्रतिवेदनमाथि आफ्नाे धारणा राख्ने कार्यसूची थियाे ।