१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी वासिङ्टन
२o८१ बैशाख २० बिहीबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकामा एक हप्तामा कोरोनाबाट १० हजारको निधन 

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o८१ बैशाख २० बिहीबार ११:१६:oo

कोरोना महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक सातामा कोरोना संक्रमणबाट झन्डै १० हजार व्यक्तिको निधन भएको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ७७ हजार नाघेको छ ।

पछिल्ला दिनहरूमा अमेरिकाका विभिन्न राज्य एवं सहरमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ । 

अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ४१ लाख पुगिसकेको छ । अहिलेसम्म ८३ लाख ३३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । 

विश्वभर कोरोना संक्रमणबाट १४ लाख ८६ हजार आठ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 

विश्वविद्यालयका अनुसार विश्वभर ६ करोड ४१ लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार करोड ४४ लाख ४२ हजार संक्रमणमुक्त भएका छन् ।

अझै पनि विश्वभर कोरोनाका कारण एक लाख ६ हजार व्यक्ति गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् ।

ad
ad