१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
एजेन्सी
२o८१ बैशाख ३० आइतबार १४:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारतमा संक्रमितको संख्या ९४ लाख नाघ्यो, निको हुने दर ९४ प्रतिशत

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:४९:oo

भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

सोमबार भारतमा गएकाे २४ घन्टाको अवधिमा थप ३८ हजार सात सय ७२ जना थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ९४ लाख नाघेको हो ।    

हाल भारतमा ९४ लाख ३१ हजार ६ सय ९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार  ६ सय व्यक्ति संक्रमणमुक्त भएका छन् । 

सो मन्त्रालयका अनुसार हाल चार लाख ४६ हजार नाै सय ५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकैदिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २३औँ दिन हो ।

भारतमा संक्रमणबाट २४ घन्टामा थप ४४३ जनाको मृत्यु भएको र योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार एक सय ३९ पुगेको छ।  
भारतभरि सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी सहर दिल्ली भएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड तीन लाख ७९ हजार नमुना परीक्षण गरेको जनाएको छ ।  हिजो एकैदिनमा आठ लाख ७६ हजार एक सय ७३ व्यक्तिको कोरोना भाइरस परीक्षण भएको समाचारमा जनाइएको छ ।
 
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार भारतमा काेराेना संक्रमण निकाे हुने दर ९३‍.७१ प्रतिशत छ ।

ad
ad