१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी
२o८१ जेठ १ मंगलबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इरानी वैज्ञानिकको हत्यापछि संयुक्त राष्ट्र संघद्वारा संयमता अपनाउन आग्रह

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:५८:oo

संयुक्त राष्ट्र संघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्र संघले सो आग्रह गरेको हो । 

ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुन सक्ने हिंसाको मध्यनजर गर्दै सो कुरा बताएको हो । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गरेका छन् ।  

महासचिव गुटर्रेसका प्रवक्ता फराह हकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हामीलाई लाग्छ सो क्षेत्रमा अब कुनै पनि किसिमको हत्या हिंसाको अवस्था आउन भएन, त्यसका लागि अहिले नै संयमता अपनाउनु जरुरी छ ।

शुक्रबार इरानका एकजना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको छ । इरानका वरिष्ठ आणविक वैज्ञानिक मोसेन फाहरिजादेहको हत्या भएको थियो । इरानको रक्षा मन्त्रालयले सो हत्याको विषयमा पुष्टि गरेको छ । 

ad
ad