१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १५:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघ निर्वाचन : उपत्यकाका फरक तीन ठाउँमा मतदान केन्द्र तोकिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १५:४५:oo

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।

निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लीलामणि पौडेलले महासंघको नयाँ कर्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए । 

महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्यांक्वेट थापाथलीमा र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने पनि पौडेलले बताए । 

यस्तै कोरोना संक्रमित मतदाताहरूका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ । 

निर्वाचन बिहान ८ बजेदेखि सुरु हुनेछ । यस्तै शनिबार राति नै मत गणना सम्पन्न गर्ने गरी तयारी भइराखेको पनि उनले बताए । 

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भएअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । बाँकी पदहरूमा निर्वाचन हुनेछ । 

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन् । 

यस्तै वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्रतिस्पर्धा हुनेछ । जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र शौरभ ज्योति प्रतिस्पर्धामा छन् । 

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एकजनाका लागि तीनजना चुनावी प्रतिस्पर्धामा छन् । 

महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि एक सय २७ जना चुनावी मैदानमा छन् । 

कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचन समितिले दुई सदस्य निर्विरोध भएको घोषणा गरिसकेको छ ।

ad
ad