नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा स्थायी कमिटी सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि चितवनमा भएको दुर्व्यवहार अतिनिन्दनीय एवं भर्त्सनायोग्य रहेको बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्- आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अतिनिन्दनीय एवं भर्त्सनायोग्य छ। यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन । चेत होस् ।
पाण्डेमाथि दुर्व्यवहारकाे प्रयास भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले वक्तव्य जारी गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
तत्कालीन एमालेको नवौँ महाधिवेशनमा महासचिवको उम्मेदवारसमेत रहेका पाण्डे ईश्वर पोखरेलसँगको कडा प्रतिस्पर्धामा सात मतले पराजित भएका थिए ।