मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मिना बुढाथोकी सल्यान
२०७७ मङ्सिर ६ शनिबार १०:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समुदायस्तरमा कोरोना फैलिन थालेपछि बजार क्षेत्र सिल

Read Time : < 1 मिनेट
मिना बुढाथोकी सल्यान
२०७७ मङ्सिर ६ शनिबार १०:०३:००

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि जिल्लाका विभिन्न पालिकाका कार्यालय र मुख्य बजार सिल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर विष्टलाई कोरोना पजिटिभ देखिएपछि उनी हाल कोहलपुरको एक अस्पतालमा उपचाररत छन् ।

यस्तै कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सनशिला वली, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर केसी, वडासचिव प्रदीप केसीलगायत अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि  होम आइसोलेसनमा   छन् । 

यसरी समुदायस्तरमा कोरोना देखिएपछि जिल्लाका विभिन्न क्षेत्रहरू सिल गरिएको छ । कालिमाटी गाउँपालिकामा यसअघि पनि केही कर्मचारीलाई कोरोना पजिटिभ देखिएपछि मंसिर ३ गतेदेखि गाउँपालिकाको कार्यालय र आसपासको क्षेत्र सिल गरिएको छ । 

शारदा नगरपालिका– १ का वडाध्यक्षलगायत केही स्थानीयमा कोरोना पजिटिभ देखिएपछि कात्तिक  २९ गतेदेखि जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर सिल गरिएको छ । यस्तै कात्तिक २७ गतेदेखि बागचौर नगरपालिकासहित मुख्य बजार क्षेत्र थारमारे, वागचौर लगायतका क्षेत्र सिल गरिएको छ । 

स्वास्थ्य सेवा कार्यालय सल्यानमा समेत अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीका साथै अन्य कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कात्तिक २९ गतेदेखि आकस्मिक सेवाबाहेकका अरू सेवाहरू बन्द गरेको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

हालसम्म जिल्लामा ६ सय सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५७ रहेको छ । अहिले ती सबै संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म पाँच सय ५० जना निको भएर डिस्चार्ज भइसकेका छन् । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।