१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस नयाँदिल्ली
२०७७ मङ्सिर ५ शुक्रबार १५:१८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा संक्रमितको संख्या ९० लाख नाघ्यो

Read Time : < 1 मिनेट
रासस नयाँदिल्ली
२०७७ मङ्सिर ५ शुक्रबार १५:१८:००

भारतमा कोरोना संक्रमितकाे संख्या ९० लाख नाघेको छ । 

शुक्रबार मात्रै ४५ हजार आठ सय ८२ जना नयाँ संक्रमित थपिएका छन्।

कुल संक्रमणमुक्त भएकाहरूको संख्या भने ८४ लाखभन्दा बढी रहेको छ । भारतमा संक्रमणमुक्त भएकहरूको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार तीन सय ६५ जना संक्रमित भएका छन् । अहिलेसम्म काेराेनाका कारण एक लाख ३२ हजार एक सय ६२ जनाको ज्यान गएकाे छ । तीमध्ये पाँच सय ८४ जनाको पछिल्लो २४ घन्टामा निधन भएको छ ।  

भारतमा अहिले पनि सक्रिय संक्रमितकाे संख्या चार लाख ४३ हजार सात सय ९४ छ ।