१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २९ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ कार्तिक २९ शनिबार १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आख्यानकार रमेश विकलको पूर्ण कदको सालिक अनावरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ कार्तिक २९ शनिबार १४:oo:oo

वरिष्ठ आख्यानकार रमेश विकलको पूर्ण कदको सालिकको शनिबार अनावरण गरिएको छ । 

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले विकलको ९२औँ जयन्तीको अवसरमा उनको पूर्ण कदको सालिकको अनावरण गरेका हुन् । 

गोकर्णेश्वर नगरपालिकाको १५ लाख रुपैयाँ आर्थिक सहयोगमा कलाकार लक्ष्मण भुजेलद्वारा निर्मित सालिक गोकर्णेश्वर–९ स्थित रमेश विकल साहित्य प्रतिष्ठान प्रांगणमा राखिएको छ । 

सालिक अनावरणपछिको कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले साहित्यिक विकासका लागि नगरपालिकाले उदाहरणीय काम गरिरहेको जानकारी दिए । 

आगामी दिनमा पनि नगरपालिकाभित्र रहेका साहित्यिक संघसंस्थाहरूको सुदृढीकरणका लागि सहयोग जारी राख्ने प्रतिबद्धता नगरप्रमुख चालिसेले व्यक्त गरे। 

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाललगायतका वक्ताहरूले नगरपालिकाले साहित्यलगायतका विविध क्षेत्रमा गरिरहेको कामबारे प्रकाश पारे । 

रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष के.के. कर्माचार्य, स्रष्टाहरू डाक्टर विदुर चालिसे, शान्ति रिसाल, महेन्द्र चालिसे, विमल अर्याललगायतले नेपाली साहित्यमा विकलको योगदानबारे चर्चा गरेका थिए । 

प्रतिष्ठानका महासचिव विजय चालिसेले साहित्यसँगै संगीत, चित्रकला तथा समाजसेवामा स्थापित रमेश विकलको स्मृतिलाई चिरस्थायी बनाउन प्रतिष्ठान स्थापना गरिएको बताए । 

सोही अवसरमा अभिनव साहित्य समाजले केही समय आयोजना गरेको विकल बाल प्रतिभा कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। 

प्रतियोगितामा क्रमशः विभूति अधिकारी, इन्दिरा थापा र सदिस्मा अधिकारी पहिलो, दोस्रो र तेस्रो भएका थिए । यसअघि आरुबारी चोकमा रहेको चालिसेको अर्धकदको सालिकमा प्रतिष्ठानका पदाधिकारीहरूसहित स्थानीय बुद्धिजीवी तथा साहित्यप्रेमीहरूले माल्यार्पण गरेका थिए ।