१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:५४:oo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले आफ्नाे फेसबुक पेजमार्फत आज बसेको मन्त्रिपरिषद्को बैठकले उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्न निर्णय गरेको जानकारी गराएका छन् । 

निमोनियाबाट पीडित केसी मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत छन् । बुधबार केसीको स्वास्थ्य गम्भीर रहेको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्ति निकालेर जानकारी गराएका थिए । 

जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकाले उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको थियो ।

ad
ad