Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १६ मंगलबार
  • Tuesday, 01 December, 2020
ad
असनमा तिहारका लागि भाइमसाला किन्दै । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२०७७ कार्तिक २७ बिहीबार ०६:३२:००
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तिहारको चलहपहल सुरु : कोरोना प्रभावले बजार सस्तियो

२०७७ कार्तिक २७ बिहीबार ०६:३२:००

काठमाडाैं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा छ । मृत्युदर पनि बढेको छ । यही समयमा नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । बजारमा सामान किन्नेहरूको भिड गत वर्षझैँ देखिएको छ । उज्यालो पर्वका रूपमा लिइने तिहारमा भाइमसाला, सुनका गरगहना, मैनबत्ती, बिजुली बत्ती, तामाका भाँडा तथा मिठाई बढी प्रयोगमा आउँछन् । त्यसैले यस्ता सामग्री पाइने पसलमा भिडभाड बढेको हो । 

कोरोनाले चौपट हुन लागेको बजारमा दसैँ र तिहारजस्ता ठूला चाडले व्यवसायीलाई केही राहत प्रदान गरेको छ । तुलनात्मक रूपमा दसैँभन्दा तिहारमा न्युरोड, असन, भोटाहिटी, मखन गल्लीलगायतका मुख्य बजारमा उपभोक्ताको भिड देखिन्छ । तर, भित्री सहरमा किनमेल गर्नेले सुरक्षा सतर्कता अपनाएको देखिन्न । कसैले पनि स्यानिटाइज गर्ने वा हात धुने गर्दैनन् ।

कतिको त मुखमा मास्कसमेत हुन्न । काठमाडौं महानगर र वडा कार्यालयले चोक–चोकमा हात धुने व्यवस्था गरेका छन् । तर, किनमेलको ध्याउन्नमा लागेका उपभोक्ताले कोभिडबाट सुरक्षित हुने विधि अपनाएको देखिन्न । ‘भिडभाडमा स्यानिटाइज गर्ने फुर्सद नै छैन,’ असनका खुद्रा व्यापारी रामेश्वर केसीले भने, ‘हामीलाई पनि थाहा छ कोभिडबाट सुरक्षित रहनुपर्छ भन्ने ।’ 

भाइमसाला
असन, मखन तथा यट्खा टोलमा अहिले भाइमसाला बेच्न भ्याइनभ्याई छ । आफ्ना ग्राहकको लिस्टअनुसार प्याकिङ गर्नेदेखि मोलतोल गर्नसम्म उनीहरूलाई फुर्सद छैन । मखनगल्ली भाइमसाला पाउने मुख्य बजार नै हो । यहाँ होलसेलदेखि खुद्रासम्म भाइमसाला पाउने भएकाले उपभोक्ताहरूको पहिलो रोजाइ नै यही गल्ली पर्छ । तिहारको एक साता मखनगल्लीका भाइमसाला पसलमा बाक्लो भिडभाड हुन्छ । 

एक तथ्यांकअनुसार तिहारका लागि एक अर्बभन्दा बढीको भाइमसाला विदेशबाट आयात भएको छ । बजार बढे पनि भाइमसाला व्यापारीले दुईथरी रूपमा विश्लेषण गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष भाइमसाला सस्तिएको उनीहरूको भनाइ छ ।

यद्यपि विगतका वर्षमा झैँ पसलमा हुलमूल भए पनि सोचेअनुरूप बिक्री नभएको उनीहरू बताउँछन् । ‘बिहानदेखि बेलुकासम्म भिड यस्तै हो, हेर्दा पसलमा भिड छ, तर विगतका वर्षमा झैँ होइन,’ मखनगल्लीका खुद्रा तथा होलसेलर रमेश श्रेष्ठले भने, ‘पहिला दसैँलगत्तै हामी मसाला प्याकिङमा लाग्थ्यौँ, यो वर्ष भर्खर मात्र तिहारको चहलपहल सुरु भएको छ, गत वर्ष एकदिनमै तीन लाख रुपैयाँसम्मको व्यापार गरेका थियौँ, यसपटक एक लाख छुन नै मुस्किल परेको छ ।’

कोरोनाले चौपट हुन लागेको बजारमा दसैँ र तिहारजस्ता ठूला चाडले व्यवसायीलाई केही राहत प्रदान गरेको छ । तुलनात्मक रूपमा दसैँभन्दा तिहारमा न्युरोड, असन, भोटाहिटी, मखन गल्लीलगायतका मुख्य बजारमा उपभोक्ताको भिड देखिन्छ । 

पसलमा केही मात्रा भाइमसाला नेपालकै उत्पादित छन् । तर, अधिकांश भाइमसाला विदेशबाटै आउने गर्छन् । अमेरिका, भियतनाम, क्यानडा तथा युरोपका विभिन्न राष्ट्रबाट काजु, बदाम, अंजिर र पेस्ता आउँछ । यो सामग्रीको मूल्य अन्यको भन्दा महँगो नै पर्छ । कोभिडको प्रभाव काजु, बदाम र पेस्तामा परेको छैन । गत वर्षभन्दा ५० देखि १०० रुपैयाँसम्म सस्तो भएको यट्खाका सूर्यकुमार अग्रवाल बताउँछन् ।

‘हामीले यी वस्तु गत वर्षभन्दा सय रुपैयाँसम्म कम मूल्यमा बेचिरहेका छौँ,’ उनी भन्छन् । बजारमा भाइमसालाको मूल्य फरकफरक छ । काजु किलोको १४५० देखि १५५० रुपैयाँसम्म छ । खुर्पानी, छुर्पी र छोकडा पाकिस्तानबाट आएका बेचिरहेको अग्रवाल बताउँछन् । भारतबाट दालचिनी, किसमिस, नरिवल, सुपारी र ल्वाङ आएका छन् । ‘भारत, चीन, बेलायत, इटाली, अमेरिका, पाकिस्तान र अरब राष्ट्रबाट तिहारका लागि आवश्यक सामग्री आयात भइरहेका छन्,’ मखनका विनोद श्रेष्ठले भने । 

तामाका भाँडाकुँडा
तिहारको अवसरमा बढी बिक्री हुने अर्को महत्वपूर्ण सामग्री हो तामाका भाँडाकुँडा । इन्द्रचोकदेखि असनसम्म यसको बजार मानिन्छ । अन्यवेलामा व्यवसायीहरूले पसलभन्दा एक फिट बाहिर तामाका भाँडाकुँडा सजाउने गर्छन् । तर, तिहारताका भने उनीहरू कम्तीमा एक मिटर अगाडि आएरै व्यापार गर्छन् । उपभोक्तालाई आकर्षित पार्न सबै सामग्रीलाई चम्काउने र सजाउने गर्छन् ।

उपभोक्ताहरू तिहारमा तामा र काँसका सामग्री किन्छन् । यस्ता सामग्री पाउने पसलमा पनि भिड नै छ । तर, खरिदकर्ता भने कमै रहेको व्यापारीहरू बताउँछन् । ‘बिहानदेखि बेलुकासम्म पसलमा भिड नै देख्नुहुन्छ, तर व्यापार चित्तबुझ्दो छैन,’ बालकुमारीका भाँडाकुँडा व्यापारी रामकृष्ण ताम्राकारले भने, ‘दसैँ र तिहारमै यसको मुख्य सिजन हो, तर यो वर्ष कोभिडको प्रभाव धेरै परेको छ ।’

विगत वर्षमा औसतमा दैनिक ५०–७५ हजार रुपैयाँभन्दा बढी व्यापार हुने गरे पनि यसपालि मुस्किलले दैनिक २०–३० हजार रुपैयाँसम्म बिक्री भइरहेको उनले बताए । ‘कोरोना महामारीले कसैको पनि आर्थिक अवस्था राम्रो छैन, अहिले ग्राहक आफूसँग भएको बजेटअनुसार मात्रै किन्न आइरहेका छन्, यसले पनि आम्दानी घट्नु एक कारण हो,’ ताम्राकारले भने ।

माटोको दियो बिकेनन्
तिहारमा घरको झ्यालढोका तथा आँगनमा माटोले बनेको पाला (दियो) र मैनबत्ती बाल्ने चलन छ । केही वर्षअघिसम्म पनि दियो नै बढी प्रयोग हुन्थ्यो । तर, पछिल्लो समय उपभोक्ता बिस्तारै रेडिमेटतर्फ आकर्षित भएका छन् । अहिले विद्युतीय बत्तीको बढी प्रयोग भएको देखिन्छ । तिहारको समयमा भक्तपुर र मध्यपुर ठिमीमा माटोको दियो बनाउने भ्याइनभ्याई छ । तर, बजारमा उनीहरूले बनाइएका त्यस्ता सामग्री घर–घरमा पुगेका छैनन् ।

माटाका सबै भाँडाकुँडादेखि दियो पाउने स्थान नै जनबहाल हो । जनबहाल मन्दिरपछाडि यस्ता सामग्री बिक्री गर्नेको भिड नै छ । तर, पसलेहरू सोचेजस्तो व्यापार नहुँदा खिन्न छन् । मिहिनेतअनुसार प्रतिफल नपाएको गुनासो यहाँका व्यापारीका छन् । ‘एउटा पाला (दियो) बनाउन धेरै परिश्रम पर्छ, तिहारका लागि भनी नै हामी एक महिनाअघिदेखि नै तयारी गर्छाैँ, तर अहिले यसमा आकर्षित खासै भएनन्,’ रामकृष्ण कुमालले भने । 

बिजुली बत्तीको माग भए पनि व्यापार त्यति साह्रो छैन । बिजुलीको सामग्री चीन तथा भारतबाटै आउँछन् । सम्भवतः कोभिडको प्रभावले यसपालि अर्डर त्यति नआएको ठँहिटीका बिजुली व्यापारी शिव अग्रवालले बताए । ‘कोभिडले त्यति खुसी मनाउने अवस्था छैन, अर्डर गर्ने वा किन्ने मानिस पनि त्यति छैनन्,’ उनले भने, ‘बिजुलीका सामग्री बिक्री बुने मुख्य सिजन तिहारमै हो, तर यसपटक बिक्री गर्न सकेनौँ, डेट बाँकी रहेका सामग्री बिक्री गर्न नै मूल्य काम राखेको छु,’ उनले भने ।

गहना र नेपाली कपडा पसल
तिहारमा बढी बिक्री हुने अर्को सामग्री सुनका गहना र नेपाली कपडाका ढाकाटोपी हुन् । न्युरोड, जनबहालका अधिकांश गहना र ढाकाटोपीका पसलमा भिड बढेको छ । 

छुटाउनुभयो की ?