मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज २ बिहीबार ११:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा लाग्यो दोस्रो नेगेटिभ सर्किट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार ११:३५:oo

जेन–जी प्रदर्शनका कारण विकसित घटनाक्रमले बन्द भएर आजबाट खुलेको सेयर बजार दोस्रो नेगेटिभ सर्किट लागेर ब्रेक लागेको छ । पहिलो नेगेटिभ सर्किट लागेर २० मिनेट बन्द भएपछि खुलेको सेयर बजार पुन: दोस्रो नेगेटिभ सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

यसअघि नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशनबमोजिम बजार बन्द गरिएको थियो । अवस्था सहज भएपछि आजबाट सेयर कारोबार खुला गरिएको हो ।

जेन–जी आन्दोलनमा क्रममा ठुलो मानवीय क्षति र भौतिक सम्पत्ति खरानी भएपछि लगानीकर्ता डराउँदा सेयर बजारमा पनि नेगेटिभ सर्किट लागेको हो। ४० मिनेटपछि पुन: खुलेको बजार निरन्तर ६ प्रतिशतले घट्यो भने आजका लागि सम्पूर्ण कारोबार रोकिनेछ ।