१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
एजेन्सी
२o८१ बैशाख ३० आइतबार २o:५२:oo
Read Time : > 3 मिनेट
ad
ad
फिचर

अमेरिकी राष्ट्रपति निर्वाचन : परम्परा तोड्दै रेकर्डले भरिभराउ 

Read Time : > 3 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:५२:oo

यसै साता अमेरिकामा सम्पन्न आमनिर्वाचनबाट डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा विजयी भएका छन् । उनले जनताको पपुलर तथा इलेक्टोरल भोट अत्यधिक पाए । उनका प्रत्याशी तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा नराम्रोसँग पराजित भए । ४६आँै अमेरिकी राष्ट्रपति निर्वाचनले धेरै अर्थमा इतिहास रचेको छ । पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडेन फ्लोरिडामा पराजित भए पनि राष्ट्रपतिमा निर्वाचित हुन सफल भए । फ्लोरिडा राज्यमा विजयी भएका ट्रम्पले परम्परालाई निरन्तरता दिन सकेनन् । 

अक्सर फ्लोरिडामा निर्वाचित हुने व्यक्ति नै राष्ट्रपति बन्ने गरेको इतिहास छ । यसपटक बाइडेनले त्यो परम्परा तोडेका छन् । यस्तै, अमेरिकाले पहिलोपटक महिला उपराष्ट्रपति पाएको छ । भारतीय मूलकी कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन् । राष्ट्रपति निर्वाचनपछि अमेरिकामा बनेका रेकर्डहरू यस्ता छन् ।

१. कमला ह्यारिस : पहिलो एसियन महिला, प्रथम महिला उपराष्ट्रपति र कालो वर्णकी
४६औँ अमेरिकन राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसले इतिहास रच्न सफल भएकी छिन् । उपराष्ट्रपति पदमा निर्वाचित हुँदा कमलाले तीनवटा रेडर्क राखेकी छिन् । अमेरिकाको उपराष्ट्रपति बन्ने उनी पहिलो महिला हुन् । यसैगरी कालो वर्णबाट उपराष्ट्रपति पनि उनी पहिलो व्यक्ति तथा दक्षिण एसियाबाट अमेरिकाको दोस्रो उच्चपदमा पुग्ने उनी पहिलो महिला बनेकी छिन् । 

भारतमा जन्मेकी कमलाको परिवार अमेरिकामा बसाइँ सरेको थियो । उनका बुबा जमैकन तथा आमा भारतीय नागरिक हुन् । कालो वर्णबाट क्यालिफोर्नियाको प्रतिनिधित्व गर्दै सिनेट बन्ने उनी पहिलो व्यक्ति हुन् । उनी आगामी सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट स्वतः राष्ट्रपतिकी उम्मेदवारसमेत बन्नेछिन् । 

२. डोनाल्ड ट्रम्प : सबै क्षेत्रमा पछाडि
अमेरिकाको वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा सबै क्षेत्रमा असफलता हात पारेका छन् । अमेरिकन निर्वाचनमा विशेषतः तीन क्षेत्र महत्व मानिएको छ । पहिलो ट्रम्पले अमेरिकी मतदाताबाट पपुरल भोट प्राप्त गर्न सकेनन् । यसैगरी उनी लगातार दुईपटक राष्ट्रपति बन्न पाएनन् र महाअभियोगबाट मुक्त हुन पाएनन् । सन् २०१९ मा युक्रेनमा हस्तक्षेप गरेको र गोप्य सूचना बाँडेको भनी ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले सन् २०१९ को डिसेम्बरमा महाअभियोग लगाएको थियो । निर्वाचनमा पपुलर मत जित्न नसक्ने उनी पाँचौँ राष्ट्रपति बनेका छन् । सन् २००० मा जर्ज डब्ल्यु बुसपछि ट्रम्प नै पपुरल मत प्राप्त गर्न नसक्ने राष्ट्रपति हुन् । 

३. ट्रम्प : प्रमाणहीन आरोप र परिणाम स्विकार्न नसकेको
जो बाइडेन निर्वाचित भएपछि पनि ट्रम्पले परिणाम स्वीकार गरेका छैनन् । ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । निर्वाचनको एक दिनअघिसम्म पनि ट्रम्पले निर्वाचनमा आपूmलाई शंका लागेको टिप्पणी गरेका थिए । ‘यदि म पराजित भए, निर्वाचनप्रति शंका रहनेछ,’ ट्रम्पले भनेका थिए । ट्रम्पले डेमोक्र्याट तथा बाइडेनविरुद्ध दर्जनौँ आरोप लगाए पनि कुनैको पनि प्रमाण भने जुटाउन सकेका छैनन् ।
यो केवल उनको वाकयुद्ध मात्र हो । सय वर्षको इतिहासमा राष्ट्रपतिमा निर्वाचित उम्मेदवारले विजयी हुने राष्ट्रपतिलाई बधाई दिने परम्परा छ । तर, ट्रम्पले सय वर्षको इतिहास तोडेका छन् । उनले फेयरवेल स्पिचसम्म दिएका छैनन् । सन् १८९६ मा डेमोक्र्याटका विलिएम जे ब्रायनले रिपब्लिकनका विलियम म्याकिन्लयलाई दुई दिनपछि बधाई दिएका थिए । 

४. डग्लास इम्होफ : सेकेन्ड जेन्टलम्यान
उपराष्ट्रपति कमलाका श्रीमान् डग्लास इम्होफ हुन् । अमेरिकन इतिहासमा उपराष्ट्रपति कमलाका श्रीमान् डग्लास दोस्रो जेन्टलम्यान बन्ने पहिलो व्यक्ति हुन् । उपराष्ट्रपति कालो वर्णकी तथा उनका श्रीमान् सेतो वर्ण भएको यो नै पहिलोपटक हो । अमेरिकाको माथिल्लो पदमा रहने दाम्पत्यमा यस्तो मिश्रित वर्ण कमै मात्र हुने गरेको छ । निर्वाचनमा डग्लासले आफ्नी श्रीमती कमलाको क्याम्पिनिङ गोप्य रूपमा गरेका थिए । 
उनले सबैजसो सामाजिक सञ्जालमा श्रीमती कमलालाई मतदान गर्न भनी आग्रह गरेका थिए । डग्लासले मिडियासम्बन्धी कानुन अध्ययनमा दक्षता हासिल गरेका छन् । यसैगरी खेलकुद र मनोरञ्जनसम्बन्धी कानुनका क्षेत्रमा उनको राम्रो अनुभव छ । कमला र डग्लासले सन् २०१४ मा विवाह गरेका थिए । 

५. जो बाइडेन : फस्र्ट लेडी जिल बाइडेन पेसा त्याग्न नसक्ने
जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि उनी श्रीमती जिल बाइडेन स्वतः फस्र्ट लेडी बनेकी छिन् । यद्यपि फस्र्ट लेडी पद पाए पनि जिलले आफ्नो कर्म क्षेत्र नत्याग्ने भएकी छिन् । जिल शिक्षिका हुन् । उनले आफू अमेरिकाको फस्र्ट लेडी भए पनि यो पेसा त्याग्न नसक्ने बताएकी छिन् । यसकारण फस्र्ट लेडीसँगै जेलले फुल टाइम शिक्षण क्षेत्रमै बिताउने बताएकी छिन् । 

गत अगस्टमा जिलले सिबिएस न्युज च्यानलमा अन्तर्वार्ताका क्रममा भनेकी थिइन्, ‘म अमेरिकन जनतालाई एक शिक्षक वा शिक्षिकाको महत्व बुझाउन चाहन्छु, मलाई थाहा छ, उनीहरूको योगदान धेरै छ ।’

६. न्यु मेक्सिको : सबै महिला प्रतिनिधि
३ नोभेम्बरको आमनिर्वाचनले यसपटक यो स्पष्ट पारेको छ, न्यु मेक्सिको राज्यबाट पहिलोपटक प्रतिनिधित्व गर्ने सबै व्यक्ति महिला हुन् । डेमोक्र्याटिक पार्टीकी डेब हालान्ड, रिपब्लिकनकी भेटे हेरेल तथा डेमोक्र्याटिककी टेरेसा लेगर फर्नान्डेस सबै नेटिभ अमेरिकन हुन् । 

७. संघीय सरकारका प्रतिनिधिमा नयाँ नयाँ रेकर्ड
यसपटकको निर्वाचनमा धेरै आश्चर्यजनक नतिजा आएको छ । निर्वाचनमा सहभागी धेरै उम्मेदवारले इतिहास बनाएका छन् । साइथिन लुमिन्स (रिपब्लिकन) पहिलो योमिग्स महिला सेनेटर बनेकी छिन् । यसैगरी डेमोक्र्याटका किम ज्याक्सन जर्सिया राज्यबाट पहिलोपटक सिनेटर बने । कोरी बुस (डेमोक्र्याट) पहिलो कालो वर्णकी कंग्रेस महिला भइन् । मारिलिन स्ट्रिकल्यान्ड (डेमोक्र्याट) पहिलो दक्षिण कोरिया–अमेरिकन महिलाका रूपमा कंग्रेसमा निर्वाचित भइन् । उनी वासिंटन राज्यबाट पहिलो कालो वर्णकी कंग्रेस प्रतिनिधिका रूपमा रहने छिन् । 

८. राष्ट्रपतिसँगै ह्वाइटहाउसमा कुकुर पनि भित्रिदै
ह्वाइटहाउसमा फेरि एकपटक कुकुर फर्कने भएको छ । नवनिर्वाचित राष्ट्रपति बाइडेनसँग जर्मन सेफर्ड जातको कुकुर छ । राष्ट्रपतिका रूपमा बाइडेन ह्वाइटहाउस आएसँगै त्यो पनि आउनेछ । यस जर्मन सेफर्डको नाम मेजर हो । सन् २०१८ देखि मेजर बाइडेनसँगै छ । 
 

ad
ad