मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २६ बुधबार १७:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेवलाई सांसद र मन्त्री बन्ने बाटो खुला, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २६ बुधबार १७:०६:००

राष्ट्रिय सभा सदस्य वामदेव गौतम उक्त पदका लागि अयोग्य रहेको तथा उनलाई मन्त्रिपरिषदमा समावेश नगराउन आदेश माग गर्दै दायर भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उनी सदस्यका लागि अयोग्य रहेको भन्दै रिट दायर गरेका थिए । त्यसैमाथि बुधबार बसेको संवैधानिक इजलासले अन्तरिम आदेश नदिने भएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित दीपकुमार कार्की, हरिकृष्ण श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त मुद्दामा अन्तरिम आदेश नदिने निर्णय गरेको छ । 

आदेशको लिखत अझै तयार नभएकोले कुन आधारमा यस्तो आदेश भएको हो सोबारे जानकारी नभएको सर्वोच्चका सूचना देवेन्द्र ढकालले जानकारी दिए ।