१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २o:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
फिचर

अमेरिकी मतदाताको आशंका : बाइडेन राष्ट्रपति भए ट्रम्पले देलान् त फेयरवेल स्पिच ? 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २o:२४:oo

अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम आउने अन्तिम चरणमा छ । परिणाम आउने क्रमसँगै डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन ह्वाइटहाउसमा झन्डा गाड्ने तयारीमा छन् । रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बाइडेनले इलेक्टोरल मतमा निकै पछाडि पारेसँगै उनी लगभग अमेरिकाको राष्ट्रपति बन्ने पक्का भएको छ ।

अमेरिकामा एउटा गज्जबको परम्परा छ । राष्ट्रपति बन्नेलाई उनका प्रत्याशीले बधाई दिनुपर्छ । यसलाई कन्सेसन वा फेयरवेल स्पिच भनिन्छ । १२४ वर्षदेखि अमेरिकामा यो परम्परा चल्दै आएको छ । यदि ट्रम्प पराजित भए बाइडेनलाई फेयरवेल भाषण नदिने बताइरहेका छन् । निर्वाचनअघि दुई प्रत्याशीबीच विभिन्न चरणमा बहस हुने गर्छ । त्यसवेला एक–अर्काविरुद्ध नराम्रो शब्द प्रयोग गर्नुका साथै चर्को विवाद पनि हुने गर्छ । साथै चुनावी ¥यालीमा सकेसम्म विपक्षीलाई कमजोर बनाउने र मतदातासामु उसको नराम्रो कुरा मात्रै गर्ने चलन छ । यो केवल निर्वाचनको तयारी अवस्थामा मात्र हुने पक्ष हो । तर, निर्वाचनको परिणाम आएपछि भद्र रूपमा दुई प्रत्याशीले एक–अर्कालाई सम्बोधन गर्छन् । निर्वाचनको समयमा भएका कुरा नकोट्याएर अगामी दिनको उज्ज्वल भविष्यको शुभकामना दिन्छन् । कडा तथा सीधै नाम लिएरै बोल्ने स्वभावका ट्रम्पले चुनावी अभियानको समयमा बाइडेनलाई पनि निकै गाली–गलौज गरे । 

यसको विपरीत बाइडेनले साधारण किसिमले ट्रम्पको आलोचना मात्र गरे । अहिले परिणाम लगभग निश्चित भएपछि अमेरिकन समाचार एजेन्सीहरूले फेयरवेल भाषणबारे चर्चा गरिरहेका छन् । अमेरिकी एजेन्सीहरूका अनुसार ट्रम्पले इतिहास परिवर्तन गर्नेछन् । 

सन् १८९६ देखि नै फेयरवेल भाषण
फेयरवेल भाषण दुईपटक हुन्छ । कतिपय अवस्थामा यो भाषण एकपटक मात्र भएको पाइन्छ । सन् १८९६ देखि नै फेयरवेल भाषण भएको इतिहास छ । त्यसवेला राष्ट्रपति निर्वाचनमा विलियम्स जेगिन्स ब्रायन तथा विलियम म्याकिन्स प्रतिस्पर्धामा थिए । दुवैले चुनावी अभियानका क्रममा निकै आलोचना गरेका थिए । निर्वाचनमा ब्रायन पराजित भए । राष्ट्रपति निर्वाचनमा पराजित भएपछि ब्रायनले भावुक हुँदै म्याकिन्सलाई एक टेलिग्राम पठाए । ब्रायनले म्याकिन्सलाई बधाई मात्र दिएनन् अमेरिकाको भविष्य निर्माणमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । सन् २०१६ को निर्वाचनमा ट्रम्पसँग डेमोक्र्याटकी उम्मेदवार हिलारी क्लिन्टन पराजित भएकी थिइन् । क्लिन्टन पपुलर भोटिङमा विजयी भएकी थिइन् । उनले पनि ट्रम्पलाई जितको बधाई दिइन् । ‘यो नतिजा मलाई स्वीकार्य छ, तपाईं अमेरिकाको भविष्य बनाउनुहोस्, हामी ट्रम्पलाई अमेरिकाको राष्ट्रपति मान्छौँ,’ फेयरवेल भाषण दिँदै क्लिन्टनले भनिन् । 

यसैगरी २०१२ मा बाराक ओबामाले रिपब्लिकनका जोन म्याकेनलाई हराएका थिए । म्याकेनले परम्परालाई निरन्तरता दिँदै ओबामालाई बधाई दिएका थिए । ‘हामी एक–अर्कासँग फरक रहन सक्दैनौँ, डेमोक्र्याट वा रिपब्लिकन एकै मान्छौँ, हामी पहिला एक अमेरिकन नागरिक हौँ, मलाई विश्वास छ, ओबामाले अमेरिकलाई अगाडि बढाउनेछन्,’ म्याकेनले भनेका थिए । 

१२ वर्षअघि म्याकेनले जनतासँग अपिल गरेका थिए, ‘सबै अमेरिकी जनताले सुन्नुपर्छ, अहिले सिनेटर बाराक ओबामा अमेरिकाको राष्ट्रपति भएका छन्, हामी दुवै अमेरिकालाई माया गर्ने व्यक्ति हौँ ।’ त्यसवेला चुनावी अभियानमा दुईबीच धेरै मतभेद भए पनि आपसमा राम्रो सम्बन्ध भएको उनले बताए ।
‘हामी साथी हौँ, सुख र दुःखमा सहयोग भइरहने छ, हरेक अप्ठ्यारो समयमा रिपब्लिकनले ओबामालाई सहयोग गर्नेछ,’ म्याकेनले भने । यसैगरी २००४ जर्ज डब्ल्युु बुससँग पराजित भएका जोन केरीले निर्वाचनमा कोही पनि पराजित नहुने बताए । ‘निर्वाचनमा दुईमध्ये एकको जित अवश्य हुन्छ, निर्वाचनसम्म मात्र एक–अर्काका प्रतिस्पर्धा, तर निर्वाचन सकिएको भोलिपटक नै अमेरिकन नागरिकका रूपमा रहनुपर्छ ।’ 

यस्ता थिए ट्रम्पले बाइडेनलाई लगाएका आरोप
ट्रम्प र बाइडेनले आपसमा धेरै आरोप लगाएका छन् । ट्रम्पले भनेका थिए, ‘बाइडेन बुढा भइसकेका छन्, मानसिक र शारीरिक रूपमा राष्ट्रपति हुन योग्य व्यक्ति होइनन्, यो व्यक्ति सधैँ सपनामै रहने खालको छ ।’ बाइडेनको पूरै परिवार भ्रष्टाचारले भरिएको आरोपसमेत ट्रम्पले लगाएका थिए । ‘अमेरिकालाई चीनको हातमा बेच्ने तयारी बाइडेनको हो,’ ट्रम्पले भने । 
चुनावको समयमा बाइडेन पनि किन चुप बस्थे । उनले पनि सकेसम्म ट्रम्पको विरोध नै गरे । ‘ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने खालको छ ?, एक विशुद्ध व्यापारीलाई केवल व्यापार मात्र गर्न आउँछ, देश चलाउन पटक्कै आउँदैन,’ बाइडेनले भनेका शब्द यस्ता थिए, ‘अहिले कोरोनामा पनि व्यापार नै भइरहेको छ ।’ 

ad
ad