१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ २ बुधबार १६:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सुक्खा बन्दरगाह-महाकाली कोरिडोर जोड्ने सडक विस्तारको काम सुरु  

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:४५:oo

सुक्खा बन्दरगाह-महाकाली कोरिडोर जोड्ने कञ्चनपुरको गड्डाचौकीदेखि ब्रह्मदेवसम्मको सडक विस्तार भइरहेको  छ । 

दार्चुलाको तिङकरदेखि कञ्चनपुरको ब्रह्मदेवसम्म बन्ने महाकाली कोरिडोरलाई दक्षिण सुक्खा बन्दरगाह चाँदनीसम्म जोड्नेबीचको सडकखण्डको काम सुरु भएको हो।

बिहीबारदेखि भीमदत्त नगरपालिकाले ट्याक खोल्ने काम सुरु गरेको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले उत्तर महाकाली कोरिडोर र दक्षिण सुक्खाबन्दरगाह निर्माण स्थललाई जोड्ने हिसाबले सडक  विस्तार भइरहेको बताए । ‘अहिले हामीले ट्याक खोल्ने काम सुरु गरेका छौँ,’ मेयर विष्टले भने, ‘दीर्घकालीन रूपमा सडक थप विस्तार हुन्छ ।’ 

नगर प्रमुख विष्टले चाँदनी–गड्डाचौकी–ब्रह्मदेव सडक विस्तार भइरहेको बताए । ‘सीमा क्षेत्रबाट भारतीय पक्षले अवरोध गरेपछि स्थानीयले सडक निर्माणका लागि  सहमती जनाएपछि सडक विस्तारमा जुटेका छौँ,’ उनले भने, ‘सडक विस्तार हुन्छ, यसैलाई कोरिडोर र सुक्खाबन्दगाहसँग जोड्छौँ ।’

भीमदत्त नगरपालिकाले यसअघि नै सो क्षेत्रका स्थानीयको यातायात समस्या मध्यनजर गर्दै सडक विस्तारका लागि पहल थालेको बताउदै मेयर विष्टले भारतीय पक्षको अवरोधका कारण रोकिएको बताए । ‘भीमदत्त नगरपालिकाले बाह्य चक्रथमका रूपमा विस्तार गर्ने सडक योजनामा भारतीय पक्षबाट अवरोध भयो, मेयर विष्टले भने, ‘अहिले स्थानीयले १० मिटर जमिन दिने सहमतिसँगै बीचगाउँबाट सडक विस्तार हुन्छ ।’

वर्षौँदेखि सडकको पहुँचबाट टाढा भएका सीमावर्ती गाउँका स्थानीयसमेत हर्षित भएका छन् । स्थानीय जनकबहादुर चन्दले सडक विस्तारसँगै स्थानीयलाई सहज हुने बताए । उनले भने, ‘पहिला दशगजा भएर हिँडडुल गर्नुपर्थ्यो, अब सीधै जनताले नेपाल टु नेपाल सडक पाउनेछन् ।’ 

सुदूपश्चिम प्रदेश सभा सदस्य एव पूर्वराज्यमन्त्री प्रकाशबहादुर रावलले हाललाई १० मिटर सडक निर्माण हुने बताए । ‘कोरिडोर र सुक्खाबन्दरगाहसँगै जोड्ने सडक विस्तार हुँदा मुआब्जाका लागि प्रदेशका तर्फबाट सहयोग गर्छौँ, ‘पूर्वराज्यमन्त्री रावलले भने, ‘अहिलेका लागि गड्डाचौकी ब्रह्मदेव जोड्ने सडक मात्रै विस्तार हुन्छ ।’ 

गड्डाचौकीदेखि ब्रह्मदेवसम्म १४ किलोमिटर विस्तार हुने सडकको स्तरोन्नतिका लागि संघीय सरकारबाट चालू आर्थिक वर्ष ०७७–७८ मा तीन करोड ७० लाख बजेट आएको  छ । प्रतितिनिधिसभा सदस्य डा. दीपक प्रकाश भट्टले सो सडक कालोपत्रेका लागि वहुवर्षीय ठेक्का लगाएर विस्तार गरिने बताए ।

 ‘उत्तरचीनदेखि दक्षिण भारत जोड्ने महाकाली कोरिडोरलाई विचमा कहाँबाट जोड्ने भन्ने थियो, दक्षिणबाट गड्डाचौकीसम्म ६ लेन सडक आसकेको छ, उनले भने, ‘ब्रह्मदेवदेखि उत्तर महाकाली कोरिडोरको समेत काम सुरु भएको छ, अब गड्डाचौकीदेखि ब्रह्मदेव जोड्ने सडक विस्तार हुन्छ ।’ 

महाकाली कोरिडोरको काम सुरु भइसकेको बताउँदै प्रतिनिधिसभा सदस्य भट्टले महाकाली नदीमा पक्की पुल, चाँदनीमा सुक्खाबन्दरगाह र महाकाली कोरिडोरसँगै त्रिद्देशीय नाका विस्तार गरिने बताए । 

ad
ad