१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी अहमदाबाद
२०७७ कार्तिक १९ बुधबार १६:११:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कपडा गोदाममा आगाे लाग्दा आठको मृत्यु, ६ गम्भीर घाइते 

Read Time : < 1 मिनेट
एजेन्सी अहमदाबाद
२०७७ कार्तिक १९ बुधबार १६:११:००

भारतको अहमदाबादस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ ।

अहमदाबादको नानुकाकामा रहेको एउटा कपडा गोदाममा आगो लागेपछि भवनको पर्खालमुनि किचिएर ६ जनाको मृत्यु भएको आजतकले जनाएको छ । घटनामा अन्य दुईजनाको समेत मृत्यु भएको हो ।

प्रहरीका अनुसार गोदामको छिमेकमा रहेको एउटा घरमा विस्फाेट भएपछि आगो लागेको थियो । घटनामा ६ जनालाई जोगाउन सफल भएको समाचारमा उल्लेख छ । घाइतेहरूको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

तस्बिर : आजतक