१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वसभामुख महरापत्नी सीताको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:१o:oo

पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी जीवनसंगिनी सीता महराको निधन भएको छ।

सभामुख हुँदा महराका प्रेस सल्लाहकार रहेका डिल्ली मल्लका अनुसार  बुधबार बिहान ६:२५ बजे उनको निधन भएको हो। १५ गतेदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। नर्भिक हस्पिटलमा पिसिआर टेस्ट गर्दा उनलाई कोरोना पजिटिभ देखिएको थियो।

दसैँमा पुर्ख्याैली घर रोल्पा मेबाङ गएको वेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई १३ कात्तिकमा दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि १४ कात्तिकमा उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

कृष्णबहादुर महरासँग उनको ०३५ सालमा विवाह भएको थियो। मल्ल भन्छन्, ‘माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि उहाँले कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा सहयोग गर्नुभएको थियो।’

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् । उनका दुई छोरा र दुई छोरी  छन्।

ad
ad