१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएनआई
२०७७ कार्तिक १८ मंगलबार १५:२८:००
Read Time : < 1 मिनेट
विश्व

गभर्नर, उपमुख्यमन्त्रीसहित ९४ सदस्यका लागि बिहारमा मतदान

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ कार्तिक १८ मंगलबार १५:२८:००

भारतको बिहार राज्यमा मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । कुल ९४ संसद् सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । मतदान स्थानीय समयअनुसार बिहान ७ बजे सुरु भएको होे । 

कोरोना भाइरस महामारीबीच पनि बिहारमा निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचन यसअघि २८ अक्टोबरमा  सम्पन्न भइसकेको छ । त्यसवेला ७१ सांसद सदस्यका लागि प्रतिस्पर्धा भएको थियो । 

दोस्रो चरणको निर्वाचनका लागि दुई करोड ८६ लाख मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएकाे छ । तीन चरणका निर्वाचनमध्ये सबैभन्दा धेरै मतदाता दोस्रो चरणका लागि रहेको आयोगले जनाएको छ । दोस्रो चरणमा मतदान हुने निर्वाचनमा एक हजार चार सय ६४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये भारतीय जनता पार्टी (बिजेपी) बाट ४६ जना, जनता दल युनाइटेडबाट ४३ जना, राष्ट्रिय जनता दल (आरजेडी) बाट ५६ जना र कंग्रेसबाट २४ जना उम्मेदवार रहेका छन् । 

अन्य पार्टीबाट र स्वतन्त्र रूपमा पनि अरू धेरै उम्मेदवार चुनावी मैदानमा रहेको आयोगका अधिकारीले जानकारी दिएका छन् ।  निर्वाचनमा सहभागी उम्मेदवारमध्ये पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको छोरा तेजस्वी यादव र तेज प्रतापको उम्मेदवारी बढी चर्चामा छन् । 

तेजस्वीलाई महागठबन्धनको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवारका रूपमा पनि हेरिएकाले बढी चर्चा भएको हो । उनी रंगपुरबाट उम्मेदवार बनेका छन् । दोस्रो चरणको मतदानमा बिहारका गभर्नर फागु चौहानले पटनाअन्तर्गत पर्ने डिघामा रहेको सरकारी विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा गएर मतदान गरेका छन् । 

यसैगरी उपमुख्यमन्त्री सुशीलकुमार मोदीले राजेन्द्र नगरमा रहेको जोसेफ उच्च माध्यमिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्र नंम्बर ४९ मा मतदान गरेका छन् ।