१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ बैशाख २४ सोमबार १८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिका र भारतबीच महत्वपूर्ण सैन्य सम्झौता सम्पन्न, चीनविरुद्ध दुवै देश सँगै रहेको घोषणा

Read Time : < 1 मिनेट
एजेन्सी नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ बैशाख २४ सोमबार १८:५६:oo

भारत र अमेरिकाबीच सैन्य सम्बन्धमा महत्वपूर्ण मानिएको ‘बेका’ सम्झौता सम्पन्न भएको छ । 

दुई राष्ट्रबीच परराष्ट्रमन्त्रीस्तरीय वार्तामा ‘बेसिक एक्सचेन्ज एन्ड कोअपरेसन अग्रिमेन्ट’ (बेका)लगायत अन्य महत्वपूर्ण सम्झौता भएका हुन् । 

बेका सम्झौताअन्तर्गत दुवै देशले एक–अर्कालाई अत्याधुनिक सैन्य प्रविधि, सामान, उपकरण र भूगर्भिक मानचित्र (जिपिएस) आदान–प्रदान गर्नेछन् । 

बैठकमा भारतका तर्फबाट विदेशमन्त्री जयशंकर र रक्षामन्त्री राजनाथ सिंह तथा अमेरिकाका तर्फबाट विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर सहभागी थिए । 

बिबिसीका अनुसार शीर्ष सैन्य अधिकारीहरू उपस्थित रहेको बैठकमा इन्डाे–प्यासिफिक क्षेत्रको सुरक्षा, सैन्य तथा सामरिक रणनीतिक विषयमा छलफल भएको थियो । 

बैठकपछि अमेरिकी रक्षामन्त्री माइक एस्परले सबैका लागि खुला र स्वतन्त्र इन्डाे–प्यासिफिक क्षेत्र बनाउन र चीनको बढ्दो आक्रामकताविरुद्ध अमेरिका र भारत काँधमा काँध मिलाएर उभिएको टिप्पणी गरे । एस्परले बैठकमा क्षेत्रीय सहयोग बलियो बनाउने, रक्षा व्यापार बढाउने र सेनाहरूबीच पनि पारस्परिक सहयोग भएको बताएका छन् । 

अमेरिका र भारतबीच भएको बेका सम्झौता रक्षा क्षेत्रका चारवटा सम्झौताको अन्तिम भाग हो । सैन्य सूचनाको सुरक्षाको पहिलो सम्झौता सन् २००२ मा गरिएको थियो । त्यसपछि लजिस्कटक र सुरक्षित सञ्चारसँग जोडिएका अन्य दुई सम्झाैता सन् २०१६ र २०१८ मा गरिएको थियो । 

आज भएको सम्झौताअन्तर्गत भारतले अमेरिकाबाट ‘सटिक जियोस्पेसियल’, ‘जियोस्पेटिकल’ अर्थात् वास्तविक भूस्थानको जानकारी प्राप्त गर्न सक्नेछ । यसको प्रयोगबाट सैन्य कारबाही र हजारौँ किलोमिटर टाढाबाट निर्धारित स्थानमा निशाना लगाउन सकिनेछ ।

तस्बिर : बिबिसी हिन्दीबाट 

   
 

ad
ad