१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एजेन्सी लन्डन
२o८१ बैशाख ३१ सोमबार १९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

कोभिडको सुरक्षा मापदण्ड उल्लंघन गर्ने नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना !

Read Time : < 1 मिनेट
एजेन्सी लन्डन
नयाँ पत्रिका लन्डन
२o८१ बैशाख ३१ सोमबार १९:o९:oo

बेलायती प्रहरीले दक्षिण लन्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड- १९ नियन्त्रणका उपाय उल्लंघन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

प्रहरीले विवाहमा सहभागी करिब दुई सय पाहुनालाई नियम उल्लंघन गरी विवाहमा संलग्न भएको भन्दै घर फिर्ता गरिदिएको लन्डनबाट प्रकाशित इभिनिङ स्ट्यान्डर्ड दैनिक पत्रिकाले आइतबार उल्लेख गरेको छ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्ने गरी धरौटीमा रिहा गरेको छ ।

प्रहरीले आफूहरूलाई स्थानीय बासिन्दाले विवाहमा कोभिड– १९ नियन्त्रणका लागि तय गरेको नियम उल्लंघन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो ।

विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोना भाइरस नियन्त्रण कानुनअनुसार जरिवाना हुन सक्ने बताइएको छ । 

पत्रिकाले जासुस प्रहरी सुपरिटेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ, ‘यो घटना कोभिड– १९ कानुनको जानाजानी उल्लंघन भएको र यसका कारण संक्रमण फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिवाना गर्न सिफारिस गरिएको छ ।’

विवाहमा दुई सयभन्दा बढी मानिस सहभागी भएका कारण यसले सामाजिक दूरी कायम नगरेकोले जरिवानाका लागि सिफारिस गरिएको समाचारमा उल्लेख छ । 

ad
ad