१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ कार्तिक ९ आइतबार १९:५५:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हेप्पी दसैँ रानी साहिबा, हार्दिक श्रद्धाञ्जली मुकेश कमरेड [फोटोफिचर] 

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ९ आइतबार १९:५५:००

गत बिहीबार शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै दोस्रो दिन शान्तिपूर्ण प्रदर्शन भएको छ । 

आइतबार बिहान १२ बजेदेखि जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै प्रहरीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । 

उनीहरूले घटनामा संलग्न व्यक्तिलाई कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता गर्न माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको बताए । पर्सा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गर्न ढिलासुस्ती गरेको भन्दै मृतकका परिवारजनले लास बुझ्न मानेका छैनन् । जिल्ला प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शनमा सहभागीले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् । 

चौरसियाको घटनामा संलग्नलाई पर्सा प्रहरीले बचाउन हालसम्म जाहेरी दर्ता गर्नै नमानेको भन्दै पर्सा प्रहरीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको बताएका हुन् । चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीको माथिल्लो निकायबाट निर्देशन आए पनि पर्सा प्रहरी आलटाल गरिरहेको आरोप उनीहरूको छ । 

मृतक चौरसियाको घटनामा संलग्नलाई कारबाही गराउन कुनै पनि हालतमा पछाडि नहट्ने उनीहरूको अडान छ । शान्तिपूर्ण प्रदर्शनमा (नेकपा)का प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, नेकपा केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव ,बालगोपाल थापा, वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीलगायतका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

झडपमा सहभागी तीनजना प्रहरी नियन्त्रणमा

शपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै झडप गर्ने तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने हनिफ मियाँ, देवा सहनी र सोकदिन गदी रहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनले घटनालाई  अनुसन्धान गरी ज्यान मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए । 

बिहीबार पर्साको विन्दावासनी गाउँपालिका– ५ प्रसौनी भाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । बिहीबार दिउँसो १२ बजे विन्दवासनी गाउँपालिका शपथग्रहण कार्यक्रममा झडप हुँदा आठजना घाइते भएका थिए । जसमा चारजना उपचार गरी घर फर्केका छन्। 

मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा नै चौरसियाको वीरगन्जको एलएस न्युरो अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।