१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७७ कार्तिक ९ आइतबार १०:३९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष लीको निधन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक ९ आइतबार १०:३९:००

सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हीको निधन भएको छ । उनी ७८ वर्षका थिए । दक्षिण कोरियाको सामसुङ कम्पनीको ग्रुप अध्यक्ष थिए । 

सामसुङ विद्युतीय सामग्री उत्पादनमा विश्वमा प्रख्यात कम्पनी हो । जसका मोबाइल, फ्रिजदेखि अन्य होम अप्लाइन्सेज विश्वभर लोकप्रिय मानिन्छन् । 

लीले आफ्ना् व्यावसायिक जीवन आफ्नो पिताको सानो कारोबारमा साथ दिएर सुरु गरेको बिबिसी विश्व सेवाले जनाएको छ । 

लीको नेतृत्वमा सामसुङ कम्पनीले विश्वभर आफ्नो दबदबा फैलाउन सफल भएको थियो । ली दक्षिण कोरियाका सबैभन्दा धनी व्यक्तिमा गनिन्थे । 

आइतबार आफ्नो परिवारको साथमा अध्यक्ष लीको निधन भएको सामसुङले जनाएको छ । उनी सन् २०१४ मा भएको हृदयाघातदेखि उपचारको क्रममा रहेको पनि कम्पनीले जनाएको छ । 

कम्पनीद्वारा जारी विज्ञप्तिमा उनको सम्झना सदैव हुने उल्लेख गरिएको छ ।