Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार १८:२७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एन्फा अध्यक्ष शेर्पा संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार १८:२७:००

खेलकुद गतिविधि ठप्प नै छ । तर, खेलसँग जोडिएका खेलकर्मी कोरोना संक्रमित संख्या बढिरहेको छ । बुधबार खेलकुदका दुईजना कोरोना भाइरसबाट संक्रमित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का  अध्यक्ष कर्माछिरिङ शेर्पा तथा राष्ट्रिय  खेलकुद परिषद्का पूर्वउपाध्यक्षय पीताम्बर तिम्सिनाले आ–आफनो सामाजिक सञ्जालमा आफू काेरोना संक्रमित भएको जानकारी दिएका छन् । 

उपत्यकाभित्र कोरोना संक्रमित संख्या बढिरहेको समयमा नियमितजस्तै एन्फाको मुख्य कार्यालयमा पुगिरहेको अध्यक्ष शेर्पा तीन दिनयता आफूलाई स्वास्थ्यमा अप्ठ्यारो भएपछि सेल्फ आइसोलेसनमा बसेका थिए । उनले पिसिआर परीक्षणको क्रममा बुधबार पजिटिभ पाए । सामाजिक सञ्जाल फेसबुकमार्फत शेर्पाले पछिल्लो दिनमा सम्पर्कमा रहेका व्यक्तिलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् । 

‘पिसिआर टेस्टमा पजिटिभ आएको छ, मसँग सम्पर्कमा रहेका व्यक्तिले सतर्कता अपनाउनुहोस्,’ शेर्पाले फेसबुकमा लेखेका छन् । राखेपका पूर्वउपाध्यक्ष तिम्सिनाले पजिटिभ रिपोर्ट पाएपछि सम्पर्कमा रहेकालाई सावधानी अपनाउनु भनेका छन् । खेल क्षेत्रमा यसअघि कोरोना लागेका अघिकांश व्यक्ति निको भएका छन् । सुरुमा स्क्वासका प्रशिक्षक हिरा थापालाई कोरोना लागेको जानकारी दिएका थिए ।

फुटबलका विशाल श्रेष्ठ र एरिक विष्टले पनि कोरोनालाई हराएका छन् । गत साउनमा फुटबलको प्रशिक्षण क्रममा रहँदा नै एरिक संक्रमित भएका थिए । नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव अशोकनाथ प्याकुरेल पनि संक्रमित भएका थिए । 

यसैगरी, चर्चित धावक जितबहादुर केसी पनि कोरोनामुक्त भइसकेका छन् । चर्चित खेलजोडी नयना शाक्य तथा विकास शाहीले पनि काेरोनामाथि जित हात पारे । यी दुवैका छोरा पनि संक्रमित भएका थिए ।