१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मृत अवस्थामा फेला परेका प्रहरी जवानकाे शव नदीबाट निकाल्दै प्रहरी
२o८१ बैशाख ३० आइतबार ११:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बेपत्ता प्रहरी जवान पनि मृत भेटिए, घाँटीमा धारिलाे हतियारकाे चाेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:५o:oo

गस्तीमा गएका वेला शनिबारदेखि बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मंगलबार फेला परेको छ ।

प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव भेटिएको स्थानभन्दा करिब तीन सय मिटर पर मोहना नदीको बीचभागमा साउदको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट इन्चार्ज विक र प्रहरी जवान साउद शनिबार राति साढे आठ बजेतिर मोटरसाइकलमा सँगै गस्तीमा निस्केका थिए । त्यही राति दुवैजना बेपत्ता भएकोमा विकको शव आइतबार  धनगढी–१०, वनकट्टीघाटस्थित नेपाल–भारत सिमानामा बग्ने मोहना नदीमा फेला परेको थियो । 

धारिलो हतियारले घाँटी रेटेर हत्या गरी नदीमा फालिएको अवस्थामा उनको शव फेला परेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले साउदको शव नदीको बीचभागमा बालुवामुनि च्यापिएको अवस्थामा फेला परेको बताए । घाँटीमा धारिलो घरेलु हतियारको चोट रहेकोले साउदको पनि पनि हत्या भएको सिंहले बताए ।

तस्करको समूहले राति गस्तीमा गएका प्रहरीको हत्या गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ । भारतसँग जोडिएको उक्त नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ हो । हत्यामा संलग्न तस्कर समूहका केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरूले हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरूले सुरुमा जवानको हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकारेका छन् ।

दुवैजनालाई नाकानजिक रहेको उखुबारीको छेउमा हत्या गरेर नदीमा फालेको खुलेको प्रहरी स्रोतको भनाइ छ । 

एसएसपी सिंहले पनि हत्यामा संलग्न समूहको पहिचान भइसकेको बताए । ‘हत्यामा संलग्न समूहको पहिचान भइसकेको छ । केहीलाई पक्राउ गरिएको छ । केहीको खोजी भइरहेको छ,’ उनले भने, ‘अहिले अनुसन्धानको क्रममै छौँ ।’  

घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोबाट आएको टोली पनि आइतबारबाटै यहाँ खटिएको छ । हत्यामा संलग्न केही फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

ad
ad