१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंकका दुई नयाँ एक्सटेन्सन काउन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१o:oo

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुरको सुकुलढोका र काठमाडौंको मच्छेगाउँमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

सुकुलढोकाको काउन्टर बैंकका उपमहाप्रबन्धक विजेन्द्र सुवाल र मच्छेगाउँको काउन्टर चन्द्रागिरि नगरपालिका ९ नम्बर वडाका कार्यबाहक अध्यक्ष रामकृष्ण श्रेष्ठ र बैंकका बागमती प्रदेश प्रमुख बरुन श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।

थपिएका एक्सटेन्सन काउन्टरले स्थानीय मागलाई पूरा गर्न बैंकिङ सेवा दिने र वित्तीय पहुँच तथा वित्तीय साक्षरता विस्तार गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले ८३ शाखा, १ सय २५ एटिएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखाविहीन बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad