मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ असोज ३० शुक्रबार
  • Monday, 31 August, 2026
एजेन्सी पेरिस
२o७७ असोज ३० शुक्रबार १५:o७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोना संक्रमणबाट विश्वभर ११ लाख तीन हजारको निधन

Read Time : < 1 मिनेट
एजेन्सी पेरिस
नयाँ पत्रिका पेरिस
२o७७ असोज ३० शुक्रबार १५:o७:oo

महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म ११ लाख तीन हजार तीन सय ७९ जनाको मृत्यु भएको छ ।

विभिन्न निकायले सार्वजनिक गरेको विवरणअनुसार कोरोना भाइरसबाट विश्वभर संक्रमित भएकाको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार चार सय ३६ पुगेको छ । 

कुल संक्रमितमध्ये दुई करोड ९३ लाख ९७ हजार आठ सय ३५ जना कोरोना भाइरसबाट संक्रमितमुक्त भइसकेको तथ्यांक छ । 

विश्वभर अहिले पनि ८७ लाख ६ हजार दुई सय २२ जना संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८६ लाख ३५ हजार तीन सय १६ जनाको अवस्था मध्यम छ भने अरू ७० हजार नाै सय ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

संक्रमितहरूको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरू, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् । 

अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार तीन सय १५ जना संक्रमित भएका छन् भने दुई लाख २२ हजार सात सय १७ जनाको मृत्यु भएको छ । 

त्यसैगरी भारतमा ७३ लाख ७० हजार चार सय ६८ जना संक्रमित हुँदा एक लाख १२ हजार एक सय ६१ जनाको मृत्यु भएको विवरण छ।

संक्रमितहरूको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार, स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको पुष्टि गरिएको कोरोना भाइरस अहिले फैलिँदै विश्वका दुई सय १६ देशमा पुगिसकेको छ ।