मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७७ असोज २९ बिहीबार १६:०५:००
Read Time : < 1 मिनेट
विश्व

वर्षाका कारण दक्षिण भारतमा कम्तीमा ३० जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७७ असोज २९ बिहीबार १६:०५:००

दक्षिण भारतमा परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको भारतीय अधिकारीले जानकारी गराएका छन् । भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदराबादमा वर्षाका कारण बाढी तथा डुबान भई एउटा पर्खाल भत्किँदा कम्तीमा नौजना र १० जना अन्य व्यक्तिको करेन्ट लागेर मृत्यु भएको स्थानीय अधिकारीले बताए ।  

भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत बुधबार सार्वजनिक दृश्यहरूमा बाढीले कार तथा हल्का खालका सवारीसाधन नदीमा बगिरहेको तथा सडकछेउमा तैरिएको देखाइएको छ । 

बाढीमा बगेका तथा डुबेका विश्वास गरिएका आठमध्ये दुईजनाको शव भेटिएका र ६ अझै बेपत्ता रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । बाढी तथा डुबानमा परी अलपत्र परेका व्यक्तिको खोजीका लागि राष्ट्रिय विपत् व्यवस्थापन बल तथा प्रहरी र सेना विभिन्न स्थानमा तैनाथ गरिएको छ । बंगालको खाडीमा एक्कासि आएको तरंगहरूका कारण अनपेक्षित घटना हुन पुगेको मौसमविद्हरूले बताएका छन् ।

वर्षाका कारण सबैभन्दा बढी तेलंगना राज्य प्रभावित भएको छ भने आन्ध्र प्रदेश र कर्नाटकमा समेत असर परेको छ । भारतमा बाढी तथा डुबानमा परी बर्सेनि सयौँ मानिसले ज्यान गुमाउने गरेका छन् । विज्ञहरूले वर्षाका कारण हुने मृत्युलाई कमजोर संरचना र मौसमसम्बन्धी कार्यालयले समयमै सावधानी नगराउँदा अकालमा नागरिकको ज्यान जाने गरेको दाबी गरेका छन् ।