१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सनराइज बैंक र जोन्टा क्लबबीच सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:५४:oo

जोन्टा क्लब काठमाडौंले कोभिड–१९ का कारण शिक्षण रोकिएका विद्यालयमा सनराइज बैंकसँगको सहकार्यमा अनलाइन शिक्षा सुरु गर्न सहयोग पुर्‍याएको छ । क्लबले यसका कारण निजी र सार्वजनिक विद्यालयहरूमा शिक्षामा फराकिलो अन्तर हुने भन्दै अनलाइन शिक्षा दरबार हाइस्कुलमा सुरु गरेको हो ।  

सनराइज बैंक लिमिटेडले आफ्नो १३औँ वार्षिकोत्सवको अवसर पारेर क्लबलाई ३ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । यो प्रारम्भिक सहयोग रहेको र यसले विद्यालयका शिक्षकलाई ल्यापटप, डिजिटल साक्षरता र प्रशिक्षण प्रदान गर्ने प्रारम्भिक चरणमा कार्यान्वयन गरिने जनाइएको छ । महिला हकहितको वकालत गर्ने यस क्लबले पुरुष शिक्षकलाई पनि ल्यापटप र तालिम प्रदान गर्ने जनाएको छ । 

जोन्टा क्लब काठमाडौं २०१२ मा जोन्टा इन्टरनेसनलको छाताअन्तर्गत स्थापित भएको जनाइएको छ । जोन्टाले महिलाको अधिकारलाई मानवअधिकारका रूपमा मान्यता दिइएको र हरेक महिला आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्षम भएको विश्वको कल्पना गर्ने जनाइएको छ । 

ad
ad