१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o५:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई एनबिआईले तालिम दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o५:२o:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबिआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । चालू आव ०७७/७८ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको कार्यदक्षता अभिवृद्धिका लागि एनबिआईले विभिन्न विषयमा नियमित रूपमा बैंकिङ तालिम प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबिआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका थिए । हस्ताक्षरपछि बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नका लागि नियमित रूपमा कर्मचारीहरूलाई तालिम दिइरहेको बताए ।

तालिमपश्चात् तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि हुने उनको भनाइ थियो । इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताए । यसले संस्थाको उत्पादकत्व वृद्धि गर्ने उनको भनाइ थियो ।

 

ad
ad