१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/एएफपी
२०७७ असोज २० मंगलबार १७:०१:००
Read Time : > 1 मिनेट
विश्व

भ्रष्टाचार गरेको अभियोगमा माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई २० वर्षको जेल सजाय

Read Time : > 1 मिनेट
रासस/एएफपी
२०७७ असोज २० मंगलबार १७:०१:००

माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको छ । माल्दिभ्सको उच्च अदालतले मंगलबार यस्तो सजाय सुनाएको अदालतका अधिकारीहरूले जानकारी गराएका हुन् ।

सन् २०१५ मा माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यमिनमाथि बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा उनी जेल चलान भएका थिए । 
यस्तै फौजदारी अदालतले उनी सत्तामा रहेका समय राज्यको पर्यटन प्रवर्द्धकहरूबाट घुस स्वीकार गरेको आरोपमा एक लाख २९ हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाएको हो । उनमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन (व्यावसायिक रकम) प्राप्त गर्न राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुने गरी निर्णय गरेको अभियोग लागेको थियो ।

अदिब उपराष्ट्रपति रहेका समय राष्ट्रपति रहेका यमिनलाई सन् २०१३ देखि २०१८ सम्मको उनको कार्यकालमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर गर्दै गत नोभेम्बरमै पाँच वर्ष जेल सजाय सुनाइएको थियो । यमिन अहिले जेलमा छन् । अदिबले राज्य र अदालती अनुसन्धानमा सहयोग गरेका थिए, तर अदालती सुनुवाइका क्रममा लेनदेनको आधारमा मुद्दालाई आफ्नो हितमा पार्न खोजेको आरोप अदालतका एक अधिकारीले लगाए । अदिबलाई सुनाइएको २० वर्षको सजाय उनले गरेको अपराधका लागि न्यून सजाय भएको ती अधिकारीले बताए । 

अदिबलाई फौजदारी अदालतले निर्दोष ठहर गरेको थियो, तर सरकारी अभियोजनकर्ताले उक्त मुद्दामाथि उच्च अदालतमा पुनरावेदन गरेपछि यसमाथि थप अनुसन्धान तथा सुनुवाइ भएको थियो । 

पूर्वपर्यटनमन्त्री रहेका अदिवलाई यमिनले उपराष्ट्रपति नियुक्त गरेका थिए । तर, दुवैजना निर्वाचनपछि सत्ताबाट बाहिरिनुपरेको थियो । 

सन् २०१५ को सेप्टेम्बरमा राष्ट्रपतिको डुंगामा भएको विस्फोटपछि यमिनको हत्या गर्ने प्रयास गरेको आरोपमा अदिबलाई १५ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, सन् २०१८ को पुनः निर्वाचनमा यमिनको पराजयपछि अदिबमाथि लागेको हत्या प्रयासको आरोप हटाइएको थियो ।

गत वर्ष अगस्टमा भ्रष्टाचार आरोप लागेका अदिबले अवैध रूपमा देश छोडी छिमेकी मुलुक भारतमा शरण लिन चाहे पनि भारतले शरण नदिने बताएपछि उनलाई माल्दिभ्सतर्फ नै फर्काइएको थियोे । 

यमिनले आफ्नो पाँचवर्षे कार्यकालमा सबै राजनीतिक प्रतिद्वन्द्वीलाई कि त जेलमा थुनेर राखेका थिए कि निर्वासन बस्न बाध्य पारेका थिए ।