१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १५:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश ५ : दाङ राजधानी र नाम लुम्बिनी राखेर प्रस्ताव दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:o३:oo

प्रदेश ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेश सभामा पेस भएको छ । प्रदेश ५ मा राजधानी र नामकरणको विषय पेचिलो बनिरहेको अवस्थामा सरकारले आज प्रस्ताव पेस गरेको हो । 

प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेका छन् । 

मन्त्री केसीले प्रदेश सभा बैठकमा पेस गरेको प्रस्तावमा प्रदेशको राजधानी दाङ जिल्लाको राप्ती र गडवा गाउँपालिका तथा अर्घाखाँचीकाे शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनारको मैदाने भाग राप्ती उपत्याका देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव पेस गरेका छन्  । 

उनले प्रदेशको नाम शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीका नामबाट प्रदेशको नाम लुम्बिनी नामकरण गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

ad
ad