१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार २२:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्युत् प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन 

खराब मौसमका कारण समस्या : निमित्त कार्यकारी निर्देशक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २२:oo:oo

केही दिनयता विद्युत् वितरण प्रणालीमा देखिएको समस्या तत्काल समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । उनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन उपकार्यकारी निर्देशकहरूलाई बिहीबार मन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन् ।  

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल जानकारी दिन भनेका छन् । प्राधिकरण कार्यकारी निर्देशकविहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै मन्त्रीले व्यवहारबाटै जवाफ दिनुपर्ने बताए । ‘समय, परिस्थिति र घटनाक्रमका कारण पनि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्,’ उनले भने । 

कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयहरूको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत् अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्छ । मन्त्रालयमा मन्त्रीले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै उनले मूल नेतृत्व नभएको महसुस नहुने गरी कार्यसम्पादन गर्न निर्देशन दिए । 

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत् पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताए । उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत् उपलब्ध गराउने काममा मन्त्रालय सधैँ गम्भीर रहेको उल्लेख गरे । मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले विद्युत् प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाब दिए । 

खराब मौसमका कारण समस्या  : निमित्त कार्यकारी निर्देशक
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले खराब मौसमका कारण समस्या आएको बताए । ‘मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैँ समाधान भएर जानेछ,’ उनले भने । ललितपुरको खोकना र काठमाडौंको ग्रान्डी अस्पताल क्षेत्रमा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध विद्युत् सुचारु गराएको, तौलिहवामा विद्युत् सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउनेसम्मको दुःखद घटना भएको मन्त्रीलाई जानकारी गराए । 

बैठकमा प्राधिकरणका वितरण निर्देशनालय प्रमुख हरराज न्यौपाने र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले लगातारको बर्सात, बाढीपहिरो, चट्याङ, रूख ढल्नेजस्ता कारणले पछिल्ला केही दिनयता प्रणालीमा समस्या आएको जानकारी गराए ।  
 

ad
ad