१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १२:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर हाइड्रोका कर्मचारीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३५:oo

ओखलढुंगामा करेन्ट लागेर हाइड्रोका एक कर्मचारीकाे ज्यान गएको छ । मोलुङ हाइड्रोमा कार्यरत सुपरभाइजर मोलुङ–१ कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर ज्यान गएको हो ।

मोलुङ हाइड्रोको हाइटेन्सन लाइनको जम्पर हटाउन सिद्धिचरण नगरपालिका– १२ को भँडारेमा पोलमा चड्दा विद्युत् सर्ट हुँदा करेन्ट लागेर खत्रीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख रूपेश खड्काले जानकारी दिए । मृत अवस्थामा विद्युतको पोलमा झुन्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खत्रीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।