मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ७ बुधबार १२:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘मैले जितेँ कोरोना, म गर्छु (प्लाज्मा) रक्तदान’ : कोरोना निको भएका व्यक्तिहरू प्लाज्मा दान अभियान सञ्चालन गर्दै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ७ बुधबार १२:३८:००

कोभिड– १९ संक्रमणबाट निको भएका व्यक्तिहरूले प्लाज्मा दान अभियान सुरु गरेका छन् ।

कोभिड– १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चारजनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरूले बुधबारदेखि प्लाज्मा दान अभियान सुरु गरेका हुन् । 

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पुगेर कोभिड– १९ संक्रमण निको भएका व्यक्तिले प्लाज्मा दान अभियानको  सुरुवात गरेका हुन् । 

उनीहरूले ‘मैले जितेँ कोरोना, म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारासहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन् । 

कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड– १९ संक्रमणबाट मृत्युसँग लडिरहेका बिरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान सुरु गरिएको बताए । 

प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उनले बताए । 

कार्यक्रममा कोभिड– १९ संक्रमणबाट निको भएका व्यक्तिले संक्रमितको अत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए । 

उनीहरूले संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले आफूहरूले प्लाज्मा दान अभियानको सुरुवात गरेको बताए । 

‘मिल्नेले दान गरौँ नमिल्नेले उत्प्रेरित गरौँ सबै लागौँ सँगसँगै लागौँ’ भन्दै अभियान सुरु गरिएको उनीहरूले बताए ।

यस अभियानका संयोजक प्रकाश भुजेलले महामारीका वेला सबैलाई उत्प्रेरणा भर्ने उद्देश्यले यस अभियान अघि बढाएको बताए । 

अन्य निको भएका दुईजना व्यक्तिले पनि यस अभियानमार्फत सबैमा यस महामारीसँग जुध्न हातेमालो गर्ने सन्देश दिन चाहेको बताए । 

पछिल्लो समय प्लाज्मा थेरापीबाट कोभिड– १९ संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् । 

सरकारले पनि परीक्षणको रूपमा बिरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैले संक्रमण निको भएका व्यक्तिहरू पनि प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका बिरामीहरूको जीवनरक्षा गर्ने अभियानमा जुटेका हुन् । 

यो अभियानलाई देशैभर सञ्चालन गर्ने पनि उनीहरूले बताए ।