१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ७ बुधबार ०८:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गोपालदास  पत्रकारिता पुरस्कार श्रेष्ठलाई प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ७ बुधबार ०८:०६:००

यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई प्रदान गरेकी हुन् । यो पुरस्कारको राशि एक लाख ५१ हजार रहेको छ ।

त्यस्तै, एक लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहरा, ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकम, २० हजार राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री, राजन कार्की, धर्मेन्द्र कर्ण, ऋषि धमला, उमेश श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ र नितु पण्डितले पाएका छन् । 

१५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार नयाँ पत्रिकाकर्मी शान्ता कमली, सटेन्द्र जबेगु, सुरेशचन्द्र अधिकारी, माधव पौडेल, गणेश चौधरी, गिरिजा अधिकारी, राजु विक, कमला श्रेष्ठ, राजन सिंह, देवीकुमारी गुरुङ, रेणु पराजुली, दीपेन्द्र वली, शेरबहादुर थापा र राधिका कँडेललाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नवप्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुंगाका पत्रकार गणेश राईलाई प्रदान गरिएको छ ।