१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याइयो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१८:oo

नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं आएलगत्तै जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याइएको छ । 

नेपालगन्जबाट काठमाडौं विमानस्थल उत्रिएका केसीलाई लिन टिचिङ अस्पतालको एम्बुलेन्स पुगेको थियो । तर, प्रहरीले डा. केसीलाई टिचिङ अस्पताल नलगी ट्रमा सेन्टर पुर्‍याएको हो । 

केसीका सहयोगीले प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पिसिआर परीक्षणलाई तीव्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले २९ भदौदेखि जुम्लामा अनशन सुरु गरेका थिए । 

तर, जुम्लामा अनशनका क्रममा धरपकड र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी  काठमाडौंतर्फ आएका थिए । उनी सोमबार नेपालगन्जमा थिए । सोमबार नेपालगन्ज–काठमाडौं उडान नभएपछि डा.  केसीलाई भेरी अस्पतालमा राखिएको थियो ।