१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २० आइतबार १४:३६:००
Read Time : < 1 मिनेट
समाचार

संसदीय सुनुवाई समितिको बैठक कांग्रेसद्वारा बहिष्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २० आइतबार १४:३६:००

प्रमुख प्रतिपक्ष दल कांग्रेसले संवैधानिक परिषदले संवैधानिक आयोगमा गरेको सिफारिसप्रति असहमति जनाउँदै संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ ।

समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा संवैधानिक परिषदको ६ माघमा बसेको बैठकले सिफारिस गरेका संवैधानिक आयोगका प्रमुखहरुको उजुरी आह्वान गर्न बोलाइएको बैठक कांग्रेसले बहिष्कार गरेको हो । नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको संवैधानिक परिषद बैठकको सो निर्णय संविधान, कानुन र प्रक्रिया कुनै पनि हिसावले उचित नभएकाले सो सिफारिसका सम्बन्धमा सुनुवाई गर्न बोलाइएको बैठकमा सहभागी हुन नसक्ने धारणा समितिमा पेश गर्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो । कांग्रेसबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुषालले बैठक बहिष्कार गरेका हुन् ।

सांसद कार्कीले विपक्ष दलको नेताको अनुपस्थितिमा संविधान र कानुन विपरित एकलौटी ढंगले गरेको संवैधानिक परिषद बैठकको निर्णय आफ्नो पार्टीलाई मान्य नहुने पनि स्पष्ट पारे । 
तर कांगे्रेसका सांसदले बहिष्कार गरे पनि समितिले प्रस्तावित संवैधानिक आयोगका प्रमुखहरुको सुनुवाईका लागि उजुरी आह्वान गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक परिषदको निर्णय बदर गर्ने अधिकार समितिलाई नरहेको उल्लेख गर्दै सो सिफारिसका सम्बन्धमा सुनुवाई गर्न उजुरी आह्वान गरिएको जानकारी दिए । 

कांग्रेसको असहमतिकाबीच संवैधानिक आयोगमा सिफारिस अध्यक्षहरुमाथि सुनुवाई सुरु

पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस