मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कृष्ण कट्टेल 
२०७५ माघ २० आइतबार १३:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेसको असहमतिकाबीच संवैधानिक आयोगमा सिफारिस अध्यक्षहरुमाथि सुनुवाई सुरु

Read Time : < 1 मिनेट
कृष्ण कट्टेल 
२०७५ माघ २० आइतबार १३:२४:००

कांग्रेसको असहमतिकाबीच संसदीय सुनवाई समितिले विभिन्न ५ आयोगमा सिफारिस अध्यक्षमाथि सुनुवाई प्रक्रिया प्रारम्भ गरेको छ ।

आइतबार बिहान ११ बजे बसेको बैठकले यसअघि सिफारिस भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारू आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीको नाममाथि छलफल सुरु गरेको हो । 

समिति बैठकले प्रस्तावित अध्यक्षविरुद्ध १० दिनको समय राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको छ । बैठकमा कांग्रेस सांसदले भने असमति जनाएका थिए । 

संसदीय व्यवस्थाको प्रतिकूल हुने गरी विपक्षी दलको नेतालाई विधिवत रुपमा सूचना नदिई, प्रतिपक्षको भूमिकालाई शून्य गराएर एकलौटी रुपमा विभिन्न आयोगको अध्यक्षहरुको सिफारिस गैह्र कानुनी भएको भन्दै कांग्रेसले असहमति जनाएको हो । आइतबारको बैठकमा असमति पत्र बुझाएर कांग्रेस सांसदहरु बाहिरिएका थिए । 

पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस