१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डा. केसीको १९औँ सत्याग्रह जुम्लाबाट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:३८:oo

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले आफ्नो १९औँ सत्याग्रह जुम्लाबाट सुरु गरेका छन् । उनको जुम्लाको चन्दननाथ- ६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९औँ सत्याग्रह सुरु भएको हाे । 

सत्याग्रहमा बस्नुअघि डा. केसीले नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र, तानाशाहीतन्त्रविरुद्ध जुम्लाबाट १९औँ सत्याग्रह सुरु गरेको प्रतिक्रिया दिए। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने उनको माग छ । यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् । 

उनले १६औँ सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका वेला गरिएका सम्झौता अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू सत्याग्रह बस्न बाध्य भएको उनले बताए । 

 

ad
ad